القارعة

تفسير سورة القارعة

الترجمة النيبالية

नेपाली

الترجمة النيبالية

ترجمة معاني القرآن الكريم للغة النيبالية، ترجمة جمعية أهل الحديث المركزية - النيبال، نشرها مجمع الملك فهد لطباعة المصحف الشريف بالمدينة المنورة.

﴿بِسْمِ اللَّهِ الرَّحْمَٰنِ الرَّحِيمِ الْقَارِعَةُ﴾

१) (त्यो) खडखडाउने चर्को स्वर गर्नेवाला ।

﴿مَا الْقَارِعَةُ﴾

२) खडखडाउने के हो ?

﴿وَمَا أَدْرَاكَ مَا الْقَارِعَةُ﴾

३) र तिमीलाई के थाहा कि त्यो खडखडाई दिने के हो ?

﴿يَوْمَ يَكُونُ النَّاسُ كَالْفَرَاشِ الْمَبْثُوثِ﴾

४) जुन दिन मानिसहरू यस्ता हुन्छन् जस्तो कि छरिएका भुसुनाहरू ।

﴿وَتَكُونُ الْجِبَالُ كَالْعِهْنِ الْمَنْفُوشِ﴾

५) र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् ।

﴿فَأَمَّا مَنْ ثَقُلَتْ مَوَازِينُهُ﴾

६) फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछ,

﴿فَهُوَ فِي عِيشَةٍ رَاضِيَةٍ﴾

७) ऊ त इच्छित आरामको जिन्दगीमा हुनेछन् ।

﴿وَأَمَّا مَنْ خَفَّتْ مَوَازِينُهُ﴾

८) र जसको वजन हलका हुनेछन्,

﴿فَأُمُّهُ هَاوِيَةٌ﴾

९) उनीहरूको फर्केर जाने ठाउँ ‘‘हाविया’’ (गहिरो खाल्डो) हो ।

﴿وَمَا أَدْرَاكَ مَا هِيَهْ﴾

१०) र तिमीलाई के थाहा कि ‘‘हाविया’’ के हो ?

﴿نَارٌ حَامِيَةٌ﴾

११) (त्यो) प्रज्वलित आगो हो ।

الترجمات والتفاسير لهذه السورة: