البحث

عبارات مقترحة:

الغني

كلمة (غَنِيّ) في اللغة صفة مشبهة على وزن (فعيل) من الفعل (غَنِيَ...

الرءوف

كلمةُ (الرَّؤُوف) في اللغة صيغةُ مبالغة من (الرأفةِ)، وهي أرَقُّ...

المحيط

كلمة (المحيط) في اللغة اسم فاعل من الفعل أحاطَ ومضارعه يُحيط،...

ईश्वरीय घर्म

النيبالية - नेपाली

المؤلف अबुल कलाम सुल्तान अल् मदनी
القسم كتب وأبحاث
النوع نصي
اللغة النيبالية - नेपाली
المفردات الدعوة إلى الإسلام - تعريف الإسلام
यस पुस्तकमा यो हो कि मानिसहरु आफ्ना सफलता र मुक्तिहरु कसरी प्राप्त गर्छन्। र आफ्ना जन्मको उददेश्य कुन तरीकाले पूरा गर्छन। र यसमा यो पनि उल्लेख हो कि सत्य धर्म मात्र एउटा इस्लाम नै हो। र यो शान्ति र सुरक्षाको धर्म हो। यो कुनै नयाँ धर्म होइन। र हाम्रो दूत्त मुहम्मद सल्लाल्लाहु अलैहि वसल्लमको विशेष्ताहरु हिन्दू धर्मका ग्रन्थहरुमा उल्लेख छ।

التفاصيل

ईश्वरीय धर्म  सफलता र मुक्तिको खोज हाम्रो  जन्म को उद्देश्य  हामी आफ्नो जन्मको उद्देश्य कुन तरिकाले पूरा गर्न सक्छौं? अब हामी ती मध्ये  कसको अनुसरण गरी त्यसै बमोजिम अल्लाहको उपासना गरौं?  ईश्वरीय धर्म इस्लाम नै हो। इस्लाम शब्दको अर्थ र परिभाषा  इस्लामका स्तम्भहरुः  इस्लाम शान्ति र सुरक्षाको धर्म  इस्लामको नामाकरण  इस्लाम कुनै नौलो धर्म होइन  तागूतको परिभषा शिर्कको परिभाषा अन्तिम ईश्दूत श्री मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) हिन्दू धर्मका ग्रन्थहरुमा  ईश्वरीय धर्मअबुल कलाम सुलतान मदनीसंशोधकः अतीकुर्रहमान मु.इदरीस खान मक्कीالحمد لله رب العالمين , والصلاة والسلام على سيد المرسلين نبينا محمد و على آله و أصحابه أجمعين, و من تبعهم بإحسان إلى يوم الدين.      समस्त प्रशंसा अल्लाहको लागी हो जो सम्पुर्ण संसारको पालनहार(भरण पोषण कर्ता) हो। र अल्लाहको अन्तिम ईश्दूत श्री मुहम्मद (सल्लाह अलैहि वसल्लम) माथि  र उनका परिवार, सबै साथीहरु र उनका प्रलय सम्मका अनुसरण कर्ताहरु माथि शान्ति होस्।      विश्ववका अधिकांश क्षेत्रहरुमा मुस्लिमहरु केही न केही संख्यांमा आवश्य बसिरहेका छन। यसको बावजूद धेरै मानिसहरु अहिले पनि इस्लाम घर्मबाट अपरचित छन् र जुन व्यक्तिहरुलाई यस ईश्वरीय घर्मको बारेमा केही जानकारी छ उनीहरु मध्य केही मानीसहरु यस्ता पनि छन् जुन इस्लाम धर्मलाई एउटा नयाँ धर्मको रुपमा ठान्दछन्।उनीहरुको यस भ्रान्तलाई समाप्त गर्नको लागि र जुन मानिसहरु यस धर्मबाट अपरचित छन् उनीहरुलाई यसबाट परचित गराउनको लागि यो सानो पुस्तिका नेपाली भाषामा लेखिएको हो।यसमा ईश्वरीय घर्म इस्लामको बारेमा केही महत्वपूर्ण कुराहरु वर्णन गरिएका छन्, र सबै कुराहरुलाई अल्लाहको अन्तिम पवित्र ग्रन्थ कुरआन वा उनको अन्तिम ईश्दूत श्री मुहम्मद सल्लाहु अलैहि व सल्लमका कथनहरुबाट प्रमाणित गरिने प्रयास गरिएको छ। मलाई आशा छ कि यो सानो पुस्तिका ती मानिसहरुलाई अति लाभ पुग्याँछ जुन  आफ्नो यस जीवन र यस  पछि आउने जीवनमा पनि शान्ति, कुशलता र सफलताको इच्छा लिएर वास्तविक ईश्वरीय धर्मको खोज गरिरहेका छन्।अल्लाह तआला हामी सबैलाई यसबाट लाभ उठाउने र सत्य मार्गदर्शन बूझ्ने साहस प्रदान गरुन, आमीन।  सफलता र मुक्तिको खोजयस संसारमा जति पनि मानिसहरु बसिरहेका छन् ऊनीहरु मध्ये कोही पनि यस्तो छैन होला  जो आफ्नो लागि शान्ति, सफलता र मुक्तित न चाहोस,तर केही मानिसहरु मात्र आफ्नो संसारिक जीवनलाई सफल बनाउने प्रयास गर्छन् उनीहरुलाई कुनै अर्को जीवनको बारेमा केही पनि चिन्ता हुदैन, तर वास्तवमा यस जीवन पछि एउटा  अर्को जीवन पनि छ, जुन संधै रही रहने जीवन हो, जसलाई आखिरत् (परलोक) भनिन्छ, त्यस पछि मृत्यु र कुनै अर्को जीवन छैन, त्यस जीवनलाई सफल बनाउने  प्रयास गर्नु र त्यसमा शान्ति र मुक्तिको  चाहना  र खोज गर्नु अत्यधिक आवश्यक छ। हाम्रो  जन्म को उद्देश्यहामी यस कूरामा विश्वास राख्दछौं कि यस ठुलो संसार र ब्रहमाण्डलाई एउटा सर्वश्रेष्ठ र सर्वशक्तिमान हस्तीले बनाउनु भएको छ, जसलाई हामी अल्लाह भन्दछौं। अल्लाहले हामीलाई एउटा महत्वपुर्ण उद्देशको लागि जन्माउनु भएको छ, त्यस उद्देश्यलाई अल्लाहले स्वंय आफ्नो पवित्र ग्रन्थ  कुरआनमा यस्तो वर्णन गर्नु भएको छ।(وما خلقت الجن والإنس إلا ليعبدون ما أريد منهم من رزق و ما أريد أن يطعمون إن الله هو الرزاق ذو القوة المتين) سورة الذاريات-51\56\57\58-अर्थः मैले जिन्नातहरू (दानव) र मानिसहरुलाई यसको अतिरिक्त कुनै पनि उद्देश्यको लागि पैदा गरेको छैन कि उनी मेरो पूजा, पाठ र उपास्ना गरुन्, म उनीहरुबाट कुनै रोजी(जीविका) चाहदैन, न त यो चाहन्छु कि उनीहरु मलाई खाना खुवाउन्, निस्सन्देह अल्लाह नै रोजी दिनेवाला, र जबरदस्त, शक्तिमान छ।    पुजा, र उपास्ना मात्र अल्लाहको अधिकार हो, जस्तो अल्लाहको अन्तिम दूत मुहम्मद सल्लाहु अलैहि व सल्लमले भन्नु भएको छःحق الله على العباد أن يعبدوه و لا يشركوا به شيئا (رواه البخاري و مسلم) अर्थः अल्लाहको अधिकार दासहरुमाथी यो हो कि उनीहरु उसको उपसना गरुन र कुनै पनि चिजलाई उसको सहभागी र साझेदार न बनाउन् (सहीह बुखारी, र सहीह मुस्लिम) अब यदि हामी अल्लाहको उपासना गरि त्यो उद्देश्य पूरा गर्छौं भने हामी परलोकमा सफलता र मुक्ति पाउन सक्छौं र यदि त्यस उद्देश्यलाई पूरा गर्दैनौं भने हामी घाटामा रहने छौं, सफलता र मुक्ति पाउन सक्दैनौं। हामी यस संसारमा जति पनि धन,सम्पत्ति जम्मा गरिलिऔं त्यसबाट हामीलाई परलोकमा कुनै पनि नाफा र लाभ हुँदैन। र हाम्रो सन्तानहरु जसका लागि हामी जायज-नाजायज वा कुनै पनि तरीकाले धन, सम्पत्ति जम्मा गरिरहेका छौं, उनीहरु पनि केही काम आउन सक्दैनन्। परलोकामा हामी मात्र आफ्नो राम्रो कर्म र अल्लाहको भक्ति , पूजा र उपासनाबाट नै सफलता र मुक्ति पाउन सक्छौं।  हामी आफ्नो जन्मको उद्देश्य कुन तरिकाले पूरा गर्न सक्छौं?विश्वमा अनेकौं घर्महरु पाइन्छन् र हरेक घर्मका अनुसरणकर्ताहरु हाम्रै धर्म साँचो र ईश्वरको नजिक स्वीकृति प्राप्त हो भन्ने कूराको दावी गर्दछन्। अब हामी ती मध्ये  कसको अनुसरण गरी त्यसै बमोजिम अल्लाहको उपासना गरौं?   यस कुराको निरणय गर्नको लागी हामीले विश्वमा पाइएका प्रसिद्ध धर्महरुको अध्यन गर्नु पर्छ, अनि जसमा शुद्ध र ठोस प्रमाणहरु दुरा सत्यता स्पष्ट भइहालोस त्यसैको अनुसार अल्लाहको उपासना गर्नु अनिवार्य हुन्छ।  ईश्वरीय धर्म इस्लाम नै हो।   विश्वमा जुन धर्महरु पाइन्छन् ती मध्ये एउटा प्रसिद्ध धर्म इस्लाम पनि हो जसको अनुसरणकर्ताहरु विश्वको हरेक ठाउँमा केही न केही संख्यामा अवश्य पाइन्छन्।  हाम्रो देश नेपालमा पनि दश लाख भन्दा बढ़ी संख्यामा अवश्य पाइन्छन्  हामी यस धर्मको बारेमा यो आस्था र विश्वास राख्दछौं कि यो नै ईश्वरीय धर्म हो जुनईश्वर(अल्लाह)को नजिक स्वीकार्य हुनेछ, किन भने यसका समस्त शिक्षाहरुमा हामी ईश्वरको इच्छा, चाहना र प्रसन्नता प्रति पूर्ण समर्पणको निर्देशन पाउँछौं, र यसका शिक्षाहरुबाट यो स्पष्ट हुन्छ कि यसैको अनुसरणबाट पूर्ण शान्ति, कुशलता, सफलता, र मुक्ति प्राप्त हुन्छ। ईश्वर (अल्लाह)ले आफ्नो अन्तिम पवित्र ग्रन्थ कुरआनमा यसै धर्मलाई आफ्नो प्रिय, मन पराउने, र आफ्नो नजिक स्वीकार्य धर्म घोसित गर्नु भएको छ।अल्लाहको कथन छः((اليوم أكملت لكم دينكم و أتممت عليكم نعمتي و رضيت لكم الإسلام دينا)) المائدة 5\3    अर्थः आज मैले तिमीहरुका लागि तिम्रा धर्म पूरा गरिदिएं, र तिमीहरु माथी आफ्नो अनुकम्पा (उपकार) पूरा गरिदिएं  र तिमीहरुका लागि धर्मको रुपमा इस्लामलाई मन पराएं(सूरतुल माइदाः श्लोकः3)(إن الدين عند الله الإسلام  ) سورة آل عمران 3\9))      अर्थः निस्सन्देह अल्लाह निर (स्वीकार्य) धर्म इस्लाम नै हो। (सूरह आले इम्रान, श्लोकः19) و من يبتغ غير الإسلام دينا فلن يقبل منه وهو في اللآخرة من الخاسرين))سورة آل عمران 85 )    )   अर्थः जो व्यक्ति इस्लामको अतिरिक्त कुनै अन्य धर्म खोज्छ भने उसको त्यो धर्म स्वीकार्य हुँदैन र त्यो व्यक्ति परलोकमा क्षतिग्रस्तहरु मध्ये हुनेछ। सूरह आले इम्रान, श्लोकः85) इस्लाम शब्दको अर्थ र परिभाषा    इस्लाम एउटा अरबी शब्द हो जसको अर्थ हो हुकुम मान्नु, आज्ञा पालन गर्नु र आत्मा-समर्पण गर्नु।    इस्लाम शब्दको यही अर्थ लिएर यसको परिभाषा यस प्रकार गरिन्छः अल्लाहलाई नै सम्पूर्ण ब्राहमाण्डको पालनहार, स्वामी, ईश्वर, र वास्तविक उपास्य मानेर उनैको आदेश अनुसार जीवन व्यतीत गर्नु उनैको पूजा पाठ गर्नु र उनको पूजा पाठ आदिमा अरु कसैलाई सहभआगी बनाउनुबाट बँच्नु। अल्लाहले आफ्नो पवित्र ग्रन्थ कुरआनमा भन्नु भएको छ।((و من أحسن دينا ممن أسلم وجهه لله و هو محسنالنساء:125अर्थः र उस भन्दा उत्तम धर्मवाला को हुन सक्छ जसले  अल्लाह समक्ष  प्रति पूर्ण आत्मा-समर्पण गरिदिओस् र त्यो सदाचारी पनि होस्। (सूरःअन्निसाः 125) ( فإلهكم إله واحد فله أسلموا  )  (( الحج:34        अर्थः तिमीहरुको वास्तविक उपास्य मात्र एउटै हो, त्यसर्थ तिमीहरु उनैको अधीन र आज्ञाकारी बन। (सूरहः अल-हज्जः34)इस्लामको जुन परिभाषा वर्णन गरिएको छ त्यस बमोजिम यो शब्द अल्लाहको तर्फबाट पठाइएका सम्पूर्ण दूतहरको  धर्मलाई सम्मिलित गर्दछ र यसै अर्थ अनुसार हामी यो भन्न सक्छौं कि अल्लाहको  नजिक स्वीकार्य धर्म र सबै दुत्तहरुको धर्म इस्लाम नै हो किनभने अल्लाहका सबै दुत्तहरुले आ-आफ्ना अनुयायीहरुलाई तौहीद अर्थात मात्र एक अल्लाहको उपासना गर्ने र उनैको समक्ष आत्म-समर्पण गर्ने आदेश दिए, र शिर्क अर्थात पूजा पाठ आदिमा अल्लाह संग अरु कसैलाई सहभागी बनाउनबाट मनाही गरे।     इस्लामको अर्को परिभाषा जुन अल्लाहको अन्तिम संदेष्टा श्री मुहम्मद सल्लाहु अलैहि व सल्लमले गर्नु भएको हो त्यो यस प्रकार छः الإسلام أن تشهد أن لا إله إلا الله و أن محمد رسول الله  و تقيم الصلاة و تؤتي الزكاة و تصوم رمضان, و تحج البيت إن استطعت إليه سبيلا)(رواه البخاري ومسلم)  अर्थः इस्लाम यो हो कि तपाई यस कुराको साक्षी बक्नुस कि अल्लाह बाहेक अरु कोही वास्तविक उपास्य छैन र मुहम्मद सल्लाहु अलैहि व सल्लम अल्लाहको रसूल र संदेष्टा हुन्, र, नमाज पढ्नुस्, जकात (धर्मदाय) दिनुस्, रमजान महीनाको ब्रत(रोजा) बस्नुस् र यदि पवित्र कअबाको हज्ज अर्थात दर्शन र परिक्रमा गर्ने क्षमता छ भने हज्ज पनि गर्नुस्।  (बुखारी र मुस्लिम)  इस्लामको यो परिभाषा अल्लाहको अन्तिम संदेष्टा श्री मुहम्मद सल्लाहु अलैहि व सल्लम माथि अवतरित गरिएका निर्देशन र शरीअत (नियम, विधि) संग विशिष्ट छ।  इस्लामका स्तम्भहरुः  अल्लाहका संदेष्टा श्री मुहम्मद सल्लाहु अलैहि व सल्लम माथि अवतरित गरिएको इस्लाम धर्मका पांचवटा आधारहरु छनःपहिलोः  एकेश्वरवाद र ईश्दुत्तवको गवाही दिनु, यो सब भन्दा महत्वपूर्ण र मूल स्तम्भ हो यसमा दुई भाग छनः(1)                    एकेश्वरवादको गवाही दिनु, अर्थात यस कुराको साक्षी दिनु कि अल्लाह बाहेक अरु कोही वास्तविक उपास्य छैन, मात्र अल्लाह नै उपास्य योग्य हुनु हुन्छ किनभने अल्लाह नै सम्पूर्ण ब्रहमाण्डको स्वामी, पालनकर्ता, अन्नदाता र नाफा नुक्सानको मालिक हुनुहुन्छ। यी कुराहरुमाथि  अनिवार्य छ कि मात्र उनकै पूजा गरौं उनी बाहेक अरु कसैको पूजा पाठ नगरौं।(2)         ईश्दूत्तवको गवाही दिनु, अर्थात यस कुराको साक्षी दिनु कि श्री मुहम्मद सल्लाहु अलैहि व सल्लम  अल्लाहको संदेष्टा र अन्तिम नबि हुनुहुन्छ, यस कुराको गवाही दिए पछि उहाँकै निर्देशन अनुसार  जीवन व्यतीत गर्नु अनिवार्य छ।दोस्रोः      नमाज पढ्नु, यो एकेशवरवाद र ईशदूत्तवको गवाही पछि सब भन्दा महत्पूर्ण स्तम्भ र आधार हो , र यो दिन रातिमा सबै मुस्लिमहरु माथि पांच चोटि पढ्नु अनिवार्य गरिएको छ।तेस्रोः जकात(धर्मदाय) दिनु, यो धनी व्यक्तिहरु माथि अनिवार्य गरिएको हो, जुन उनीहरुको धन माल मध्येबाट  लिएर  निर्धन, गरीब र निमुखाहरूमा वितरण गरिनछ।चौथोः हरेक वर्ष रमजान महीनामा ब्रत (रोजा) बस्नु, जुन बिहान देखि सूर्यास्त सम्म खानु, पिउनु र संभोग आदिबाट रुकेर गर्नु पर्छ।पांचौः    पवित्र कअबाको हज्ज (दर्शन, परिक्रमा र अन्य निशिचत कार्यहरु) गर्नु, जुन अरबको प्रसिद्धनगर मक्कामा स्थित छ। यो ती मुसलमानहरु माथि अनिवार्य छ जुन मक्का सम्म आवत जावतका साथ सबै खर्चहरु व्यहोर्न सक्ने क्षमता राख्छन् र यो उमेर भरमा एक चोटि गर्नु अनिवार्य छ। यी पांचवटा उपरोक्त कुराहरु श्री मुहम्मद सल्लहु अलैहि व सल्लमले ल्याएको इस्लाम धर्मका स्तम्भ र आधार हुन् जस माथि इस्लाम धर्मको जग राखिएको हो।  इस्लाम शान्ति र सुरक्षाको धर्म  इस्लाम शब्दको अर्थ र परिभाषा अंतर्गत एउटा कुरा यो पनि स्पष्ट रहोस् कि इस्लाम शब्द अरबी भाषाको सलमबाट बनेको हो जुन शान्ति र सुरक्षा आदि अर्थहरुमा प्रयोग हुन्छ, जस्तो अल्लाहको संदेष्टा श्री मुहम्मद सल्लाहु अलैहि व सल्लमको  कथन हो।(المسلم من سلم المسلمون من لسانه و يده )رواه البخاري ومسلم))      अर्थः मुसलमान त्यो हो जसको जिब्रो र हातबाट अर्को मुसलमानहरु सुरक्षित रहुन्।   मोसूफको यस कथनमा यो शब्द सुरक्षाको अर्थमा प्रयोग भएको छ, जसबाट यो कुरो सिद्ध हुन्छ कि इस्लाम धर्म शान्ति र सुरक्षाको धर्म हो, अशान्ति र आतंकको धर्म होइन्। मानिसले जुन बेला अल्लाहको चाहना प्रति पूर्ण समर्पण गर्न थाल्छ अनि त्यसै बमोजिम अपफ्नो जीवन व्यतीत गर्छ त्यस बेला उसलाई वास्तविक शान्ति प्राप्त हुन्छ, उसको जीवन, ह्रदय र समाजमा पनि यसैबाट शान्ति र सुरक्षाको स्थापना हुन्छ। तर विश्वका धेरै मानिसहरु जसलाई इस्लामी शिक्षाहरुको बारेमा कुनै विशेष जानकारी छैन, उनीहरू रेडियो, टिभी र पत्र-पत्रिकाहरुमा कहिले काहिं इस्लाम धर्मको बारेमा अनुचित कुराहरु सुन्छन् र पढ्छन्, जसले गर्दा यस साँचो , पवित्र र ईश्वरीय धर्मबाट घिर्णा गर्न थाल्छन्।मीडियाहरुमा कहिले काहिं इस्लाम धर्ममा लागू गरेका विभिन्न किसिमका पापी र अपराधीहरुका लागी कठिन सजाय र दंडहरु र कहिले काहिं महिलाहरुको अधिकारका विषयहरुलाई लिएर इस्लाम धर्मको आलोचना गरिन्छ तर यसको यथार्थता के हो यो कुरा इस्लाम धर्मका शिक्षाहरुको अध्यन गरेपछि मात्र थाहा हुन्छ।महिलाहरुको अधिकारको बारेमा सत्यता यो हो कि इस्लाम धर्मले महिलाहरुका लागि जुन अधिकारहरु दिएको छ। त्यो कुनै पनि धर्म र कुनै पनि कानूनमा छैन। यदि तपाई यो सत्यता राम्री बूझ्न चाहनु हुन्छ भने इस्लाम धर्मको अध्यन गर्नुस् सत्यता र यथार्थता थाहा भइहाल्छ।   इस्लाम र मुसलमानहरु माथि आतंकवाद उग्रवादको आरोप पनि नकै लाग्ने गरेको छ तर यसमा पनि केही सत्यता र यथार्थता छैन, किनभने यदि कुनै व्यक्ति वा कुनै समूह माथि कुनै प्रकारको अत्याचार हुन्छ भने त्यो व्यक्ति वा त्यो समूह आफु माथि भइरहेको अत्याचार रोक्ने प्रयोस गर्छ। यस्तो स्थितिमा आफू माथि भइरहेको अत्याचार रोकनुलाई आतंकवाद भन्न सकिन्न बरु अत्याचार गर्नु आतंकवाद हो।  उदाहरणको लागि तपाईहरु कुकुर र बिरालोको लडाई हेर्नु भएको होला, पहिले कुकुर नै बिरालो माथि आकर्मण गर्छ त्यस पछि कहिले काही बिरालोले पनि कुकुरको अत्याचारको जवाफमा आफ्नो बचाउ र सुरक्षाको लागि पंजा चलाउँछ। यस्तो स्थितिमा कुकुरलाई अत्याचारी भनिनेछ वा बिरालोलाई ज्ञानी व्यक्तिले त कुकुरलाई नै अत्याचारी  भन्छ बिरालोलाई होइन। सउदी अरबमा काम गर्ने मानिसहरुलाई यहाँको सुरक्षा र शान्तिको बारेमा राम्रो अनुभव र जानकारी होला। यहाँको शान्ति र सुरक्षा राम्रो संबिधान र कानूनको कारणले हो, जुन इस्लामी कानूनबाट लिइएको छ।  इस्लामको नामाकरण      संसारमा जति पनि धर्महरु छन सबैको नाउँ कि त कुनै विशेष व्यक्तिको नाउँमा राखिएको हो, कि त कुनै जाति आदिको नाउँमा। उदाहरणको लागि क्रिशचियन धर्म यिशू मसीह (जेसस क्राइस्ट) को नाउँमा प्रसिद्ध भएको हो, यस्तै बौद्ध धर्मको नाउँ यस धर्मको अविष्कारक गौतम बौद्धको नाउँमा राखिएको हो।, जर्दुश्त धर्मको  नाउँ यस धर्मको अविष्कारी जर्दुश्तको नाउँमा राखिएको हो। यहूदी धर्मको नाउँ एक विशेष जाति यहूदाको नाउँमा राखिएको हो जसमा यसको जन्म भएको थियो।यस्तै हाल अरु धर्महरुको पनि छ। तर इस्लाम धर्मको विशेषता के छ भने यसको संमबन्ध कुनै व्यक्ति वा कुनै जातिसित छैन। बरु यो धर्मले एउटा विशेष गुण प्रकट गरिरहेकोछ। जुन इस्लाम शब्दको अर्थमा पाइन्छ।  यो ईशवरीय धर्म इस्लामका गुण र विशेषताहरु मध्य एउटा ठुलो विशेषता हो।केही मानिसहरु इस्लाम धर्मलाई मोहमडन इज्म वा मोहमडन धर्म भन्दछन् तर यो कुरा चाहीं उनीहरुको अनभिज्ञताको कारणले हो।यस धर्मको नाउँ इस्लाम र यसलाई मानिने मानिसहरुलाई मुस्लिम अल्लाहले नै राखनु भएका हुन् जस्तो पवित्र कुरआनमा भन्नु भएको छ।(اليوم أكملت لكم دينكم و أتممت عليكم نعمتي و رضيت لكم الإسلام دينا) المائدة 5\3  अर्थः आज मैले तिमीहरुका लागि तिम्रा धर्म पूरा गरिदिएं, र तिमीहरु माथी आफ्नो अनुकम्पा(उपकार) पूरा गरिदिएं  र तिमीहरुका लागि धर्मको रुपमा इस्लामलाई स्वीकार गरें(सूरतुल माइदाःशलोकः3) (إن الدين عند الله الإسلام  )- - سورة آل عمران 3\9        अर्थः निस्सन्देह अल्लाह निर (स्वीकार्य) धर्म इस्लाम नै हो। (सूरह आले इम्रान, श्लोकः19) (هو سماكم المسلمين من قبل و في هذا) الحج:78अर्थः उनले नै (अर्थात अल्लाहले) तिमीहरुको नाउँ कुरआन भन्दा पहिले र यसमा पनि मुस्लिम राखनु भएको छ। ( सूरह अल-हज्ज 22/78)  इस्लाम कुनै नौलो धर्म होइन केही मानिसहरु इस्लाम धर्मलाई एउटा नयाँ धर्म ठान्दछन्, तर वास्तविक कुरो के हो भने इस्लाम धर्म चाहीं कुनै नयाँ धर्म होइन। बरु यो सब भन्दा पुरानो धर्म हो। जसको प्रचार प्रसार सबै ईश्दुतहरु आ-आफ्नो युगमा गर्नु भएकाछन्, अनि त्यसैको पूर्ण स्वररूप अल्लाहको अन्तिम ईश्दूत श्री मुहम्मद सल्लाहु अलैहि व स्ल्लमको लागि संसारको समक्ष प्रस्तुत गर्नु भएको छ।  अल्लाहको अन्तिम पवित्र ग्रन्थ कुरआन र उनको अन्तिम ईश्दूत श्री मुहम्मद सल्लाहु अलैहि व सल्लमको अनेकौं कथनहरुबाट यो कुरो प्रमाणित हुन्छ कि यस संसारमा जति पनि दूत र संदेष्टाहरु अल्लाहको तर्फबाट आउनु भयो सबैको मूल निमन्त्रण र संदेश एउटै थियो कि एक  ईशवर अल्लाहको पूजा गरियोस् र शिर्क ( अल्लाहको पूजा पाठ आदिमा अरु कसै लाई सहभागी बनाउनु) बाट बचियोस्। जस्तो अल्लाहले भन्नु भएको छः ( و لقد بعثنا في كل أمة رسولا أن اعبدوا الله و اجتنبوا الطاغوت)(النحل-36)अर्थः हामीले हरेक समुदायमा एउटा रसूल (संदेष्टा) पठायौ कि तिमीहरु अल्लाहको पूजा गर र तागूत (अल्लाह बाहेक कुनै पनि वस्तुको  उपासना) बाट बच।  तागूतको परिभषाअल्लाह बाहेक जसको पनि पूजा यस संसारमा भइरहेकोछ सबैलाई तागूत भनिन्छ। र अल्लाह बाहेक अरु कसैको पूजा गर्नु शिर्क (बहुदेववाद) हो र शिर्कबाट अल्लाहको सम्पूर्ण दूत र संदेष्टाहरुले मनाही गरेका छन्। शिर्कको परिभाषा      अल्लाहको पूजा पाठमा अरु कसैलाई सहभागी बनाउनलाई शिर्क भनिन्छ।     अल्लाह तआलाका सम्पूर्ण संदेष्टाहरु मध्ये सब भन्दा पहिलो संदेष्टा (रसूल) नूह (अलैहिस्सलाम) हुन्। उहाँलाई जब अल्लाहले  आफ्नो दूत बनाएर उनको समुदाय तिर पठाउनु भयो त उहाँले आफ्नो समुदायलाई के भन्नु भयो यसको जानकारी दिदैं अल्लाहले पवित्र कुरआनमा भन्नु हुन्छ।( و لقد أرسلنا نوحا إلى قومه فقال يا قومي اعبدوا الله ما لكم من إله غيره)( المؤمنون:23) अर्थः हामीले नूह लाई उनको समूदाय तिर पठायौं त उहाँले भन्नु भयोः हे मेरो समूदायका मानिसहरु! तिमीहरु अल्लाह कै पूजा गर। उनी बाहेक तिमीहरुका लागि कोही पनि वास्तविक उपास्य छैन। (सूरह अल-मूअमिनुन 23)यस्तै अल्लाहले आफ्नो रसूल हूद अलैहिस्सलाम को चर्चा गर्दै भन्नु हुन्छः ((و إلى عاد أخاهم هودا قال يا قوم اعبدوا الله ما لكم من إله غيره (هود:50)अर्थः हामीले आद (समुदाय) को तर्फ उनको भाई हूदलाई पठायौं त उहाँले भन्नु भयोः हे मेरो समुदायका मानिसहरु ! तिमीहरु अल्लाह कै पूजा गर त्यस बाहेक तिम्रा लागि कोही वास्तविक उपास्य छैन। (सूरहः हूद 55)    यस्तै अल्लाहले आफ्नो संदेष्टा हजरत सालेह अलैहिस्सलामको बारेमा पनि जानकारी दिंदै भन्नु हुन्छ।(و إلى ثمود أخاهم صالحا قال يا قوم اعبدوا الله ما لكم من إله غيره)       هود :61 ))  अर्थः र समूदको तर्फ उनको भाई सालेहलाई पठायौं त उहाँले भन्नु भयोः हे मेरो समुदायका मानिसहरु! तिमीहरु अल्लाह कै पूजा गर। त्यस बाहेक तिम्रा लागि कोही वास्तविक उपास्य छैन।   (सूरहु हूदः61)  र यस्तै शुऐब अलैहिस्सलामको चर्चा गर्दै अल्लाहले भन्नु भएको छः(وإلى  مدين أخاهم شعيبا قال يا قوم اعبدوا الله ما لكم من إله غيره)(هود:84)   अर्थः मदयनको तर्फ हामीले उनको भाई शऐबलाई पठायौं त उहाँले भन्नु भयोः मेरो समुदायका मानिसहरु हो! तिमीहरु अल्लाहको पूजा गर, तिम्रा लागि अल्लाह बाहेक कोही वास्तविक उपास्य छैन।र हजरत इब्राहीम अलैहिस्सलामको चर्चा गर्दै अल्लाहले कुरआनमा भन्नु भएको छः (و إذ قال إبراهيم لأبيه و قومه إنني براء مما تعبدون إلا الذي فطرني)(الزخرف:26-27)      अर्थः र जब इब्राहीमले आफने पिता र आफ्नो समुदायका मानिसहरु सित भन्नु भयो कि म आफ्नो पालनहार बाहेक ती सम्पूर्ण वस्तुहरु बाट बरी ( स्वच्छन्द– पवित्र) छु जसको तपाईहरु पूजा गर्दै हुनुहुन्छ।र मूसा अलैहिस्सलाम ले आफ्नो अनुयायीहरु सित भन्नु भयोः(إنما إلهكم الله الذي لا إله إلا هو وسع كل شئ علما)(طه:98)अर्थःनिःसंदेह तिमीहरुको ईशवर त अल्लाह नै हो जस बाहेक कोही वास्तविक पूजनीय छैन. र उसको ज्ञान समस्त वस्तुहरुलाई घेरामा लिएको छ।र यीशू महीस अलैहिस्सलामले आफ्नो अनुयायीहरु सित भन्नु भयोः (يا بني إسرائيل اعبدوا الله ربي و ربكم إنه من يشرك بالله فقد حرم الله عليه الجنة و مأواه النار و ما للظالمين من أنصار)(المائدة:72)    यीशू मसीहले भन्नु भयोः इजराईलका संतानहरु हो! तपाईहरु अल्लाह कै पूजा गर जो मेरो रब (पालनकर्ता) हो र तिमीहरुको पनि रब हो। (साथै यो  पनि स्पष्ट रहोस्) कि जसले अल्लाह संग कसैलाई सहभागी बनाउँछ (अर्थात अल्लाह बाहेक अरु कसैको पूजा पाठ गर्छ) त अल्लाहले उस माथि स्वर्ग हराम (वर्जित) गरि दिन्छन्। र उसको ठेगाना नरक हो, र शिर्क गरिने मानिसहरुको लागि कोही मद्दतकर्ता हुँदैन (अल माईदाः72)यस संसारमा ईशवर (अल्लाह) को तर्फबाट अनेकौं दूत र संदेष्टाहरु आए र सबैले आ-आफ्नो अनुयायीहरुलाई मात्र एक ईश्वर (अल्लाह) कै पूजा गर्ने आदेश दिए। सब भन्दा अन्तिम ईश्दूत हजरत मुहम्मद सल्लाहु अलैही व सल्लम हुनुहुन्छ, उहाँलाई पनि अल्लाहले यही संदेश दिएर पठाउनु भयोः(قل إنما أنا منذر و ما من إله إلا الله الواحد القهار)(ص:65)     अर्थः तपाई भनिदिनुस कि म त मात्र सचेतकर्ता (र यो बताउने वाला हुँ) कि एक सर्वगुण सम्पन्न अल्लाह बाहेक कोही वास्तविक उपास्य छैन।यी सबै कुराहरु जुन मैले ईशदूतहरुको संदेशको बारेमा बयान गरें, अल्लाहको अन्तिम पवित्र ग्रन्थ कुरआनका पानाहरुबाट लिइएका छन्।   जसबाट थाहा हुन्छ कि यस संसारमा ईशवरको तर्फबाट अनेकौं दूतहरु र संदेष्टाहरु पठाइएका थिए बरु हरेक समुदायमा एक एक रसूल पठइएका थए, जस मध्य सब भन्दा अन्तिम संदेष्टा हजरत मुहम्मद सल्लाहु अलैही व सल्लम हुनुहुन्छ। र सबै संदेष्टाहरुको मूल निमंत्रण आ-आफ्नो अनुयायीहरुको लागी यो नै थियो कि उनीहरु मात्र एक ईश्वर (अल्लाह) कै उपासना गरुन, र उसको पूजा पाठमा कसैलाई सहभागी न बनाउन् किनभने अल्लाह बाहेक कोही वास्तविक उपास्य छैन। पवित्र कुरआनमा अल्लाहले भन्नु भएको छः (وما أرسلنا من قبلك من رسول إلا نوحي إليه أنه لا إله إلا أنا فاعبدون)(الأنبياء:25)अर्थः हामीले तिमी भन्दा पहिले जुन पनि रसूल पठायौं उसको तर्फ यही ईश्वाणी (वह्य) पठायौं कि म बाहेक कोही वास्तविक उपास्य छैन, तसर्थ तिमीहरु मेरो नै पूजा गर। (सूरः अँबियाः25)  यस संसारमा पठाइएको कुनै पनि ईश्दूत ऋषि मुनी, रसूल पैगम्बर, प्रोफेट र संदेष्टाले आफ्नो वा अरु कसैको पूजा पाठ गर्ने आदेश दिएका छैनन्, बरु सबैले  मात्र एउटै अल्लाहको पूजा पाठ र आराधना गर्ने आदेश दिएका छन।पवित्र कुरआनमा अल्लाहले भन्नु भएको छः (واسأل من أرسلنا من قبلك من رسلنا أجعلنا من دون الرحمن آلهة يعبدون)(الزخرف: 45)हामीले जुन संदेष्टाहरुलाई तिमी भन्दा पहिले पठायौं उनीहरु सित सोध्नु होस् कि के हामीले दयालु (अल्लाह) बाहेक कुनै अर्का देवी देवताहरु बनायौ जसलाई पूजियोस्।?      निस्संदेह यस प्रश्नको जवाफ नकारात्मक हुन्छ। अब यस तपसीलबाट प्रमाणित र स्पष्ट भई हाल्यो कि अल्लाहको तर्फबाट पठाइएका सबै ईश्दूतहरुको आमन्त्रण र सबैको धर्म एउटै थियो र त्यो हो Ûमात्र एक ईशवर कै पूजा पाठ गर्नु, उसैको आज्ञापालन गर्नु, उसैको चाहना र इच्छा प्रति पूर्ण समर्पण गर्नु, र यहि इस्लाम शब्दको अर्थ पनि हो। र यही अर्थ लिएर हामी यो भन्न सक्छौं कि अल्लाहको तर्फबाट पठाइएका सम्पूर्ण दूतहरुको धर्म एउटै थियो र त्यो इस्लाम नै थियो किनभने सबै संदेष्टाहरुको निमंत्रणको जगत तौहीद (एकेश्वरवाद) मा नै निर्भर थियो। र हदीसमा अल्लाहको रसूल श्री मुहम्मद सल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः(الأنبياء إخوة لعلات أمهاتهم شتى و دينهم واحد)(البخاري و مسلم)   ईश्दूतहरु आपसमा एक अर्काका सौतेला भाइ हुन, उनीहरुका आमाहरु छुट्टा छुटै हुन् र उनीहरुको धर्म एउटै हो।  र यसै धर्मको वसीयत (सद्उपदेश) ईश्दूतहरुले आफ्ना संतानहरुलाई पनि दिनु भएका थिए जस्तो आदर्णीय ईश्दूत श्री ईब्राहीम अलैहीस्सलाम तथा आदर्णीय याक़ूब अलैहिस्सलाम को चार्चा गर्दै अल्लाहले भन्नु भएको छः (وَوَصَّى بِهَا إِبْرَاهِيمُ بَنِيهِ وَيَعْقُوبُ يَا بَنِيَّ إِنَّ اللّهَ اصْطَفَى لَكُمُ الدِّينَ فَلاَ تَمُوتُنَّ إَلاَّ وَأَنتُم مُّسْلِمُونَ }البقرة132यसैको वसीयत इब्राहीम र याक़ूबले आ-आफ्ना संतानहरुलाई गरे कि हे हाम्रा संतानहरु हो! अल्लाह तआलाले तिम्रो लागि यस धर्मलाई निर्धारित गरेका हुन्, तसर्थ तिमीहरुको मृत्यु इस्लाम कै अवस्थामा होस्।  तर यो कुरा पनि स्पष्ट रहोस कि सबै ईश्दूतहरुका लागि अल्लाह तआलाले उनको जमाना र समय अनुसार पूजा पाठ गरिने तरीका, नियम कानूनहरु  भिन्न-भिन्न बनाउनु भएको  थियो जस्तो कुरआनमा अल्लाहले भन्नु भएको छِكُلٍّ جَعَلْنَا مِنكُمْ شِرْعَةً وَمِنْهَاج)) (المائدة:48)अर्थः हामीले तिमीहरु मध्ये हरेकका लागि अलग-अलग शरिअत (विधान) र तरिका बनाएका छौं।     यस श्लोकबाट हामीलाई चाहीं थाहा भयो  कि सम्पूर्ण संदेष्टाहरु एउटै ईश्वरको पूजा पाठ गर्दथे, र आ-आफ्नो अनुयायीहरुलाई एउटै ईश्वरको पूजा गर्ने आदेश पनि दिए, तर सबैको तरीका अलग अलग थियो। सम्पूर्ण ईश्दूतहरु मध्ये अन्तिम ईश्दूत जसलाई ईश्वरले यस संसारमा प्रलय सम्मको लागि पठाउनु भयो श्री मुहम्मद सल्लाहु अलैही व सल्लमको  पनि मूल निमन्त्रण र धर्म पहिलेका संदेष्टाहरु जस्तै छ, तर शरीअत, तौर तरीका नियम कानूनहरुमा केही अन्तर अवश्य पाइन्छ, र त्यही नियम कानूनहरु उनी पछि प्रलयको दिन सम्मका समस्त मानिसहरुको लागि हो,    कोही अमेरिकाको वासी होस् चाहे जर्मन, व फ्रान्सको होस्, अथवा अरबको होस्, अथवा भारत वा नेपालको होस्, कुनै पनि ठाउँको होस्, र कुनै पनि वंश र थर को होस्, सबैका लागि वास्तविक माननीय र स्वीकार्य धर्म इस्लाम नै हो, इस्लाम धर्म मुसलमान भन्ने कुनै विशेष वंश, वर्ग र थरका लागि विशेस होइन, बरु सम्पूर्ण मानिसहरुका लागि हो, किनभने ईश्वरले आफ्नो ईश्दूत श्री मूहम्मद सल्लाहु अलैहि व सल्लमलाई सम्पूर्म मानिसहरुको लागि संदेशवाहक बनाएर पठाउनु भएको छ, जस्तो कुरआनमा अल्लाहले भन्नु भएको छः(وَمَا أَرْسَلْنَاكَ إِلَّا كَافَّةً لِّلنَّاسِ بَشِيراً وَنَذِيراً وَلَكِنَّ أَكْثَرَ النَّاسِ لَا يَعْلَمُون) سبأ28   अर्थः र हामीले त तपाईलाई सम्पूर्ण मानिसहरुको लागि शुभसूचक र सचेतक बनाएर पठाएका छौं, तर अधिकांश मानिसहरु आज्ञानी छन। र अर्को ठाउँमा अल्लाहको कथन छः (قُلْ يَا أَيُّهَا النَّاسُ إِنِّي رَسُولُ اللّهِ إِلَيْكُمْ جَمِيعاً الَّذِي لَهُ مُلْكُ السَّمَاوَاتِ وَالأَرْضِ لا إِلَـهَ إِلاَّ هُوَ يُحْيِـي وَيُمِيتُ فَآمِنُواْ بِاللّهِ وَرَسُولِهِ النَّبِيِّ الأُمِّيِّ الَّذِي يُؤْمِنُ بِاللّهِ وَكَلِمَاتِهِ وَاتَّبِعُوهُ لَعَلَّكُمْ تَهْتَدُونَ }الأعراف158अर्थः हे मानिसहरु हो! म त तिमी सबैको लागि त्यस अल्लाहको संदेष्टा हूँ जसको राज्य समस्त आकाशहरु र पृथ्वीमा छ, त्यस बाहेक कोही पनि वास्तविक पूजनीय छैन। उहाँले नै जीवन प्रदान गर्नुहुन्छ र मृत्यु प्रदान गर्नुहुन्छ तसर्थ तिमीहरु अल्लाह र उसको निरक्षर दूत माथि विश्वास गर्नुस् जुन (ईश्दूत) अल्लाह र उसको निर्देशन माथि विश्वास राख्दछ र तिमीहरु उनको अनुसरण गर्नुस् जसले गर्दा तिमीहरु सत्य मार्गमा आई हाल।(सूरःअल आराफः158)अब यो कुरो सिद्ध भइहाल्यो कि मुहम्मद सल्लाहु अलैहि व सल्लम कुनै नयाँ धर्म लिएर आउनु भएको थिएन बरु उहाँले त्यही  ईश्वरीय धर्मको पूर्णस्वररूप प्रस्तुत गर्नु भएको थयो जसलाई लिएर समस्त संदेष्टाहरु आउनु भएका थिए र उनको दूतत्व विश्वव्यापी हो र उहाँ समस्त मानव र जिन्नको लागि ईश्दूत बनाई पठाइएका थिए। तसर्थ अब मार्गदर्शन मात्र इस्लाम धर्ममा छ, इस्लाम बाहेक अरु कुनै धर्म अल्लाह कहाँ स्वीकार्य हुँदैन । जस्तो अल्लाहले आफ्नो पवित्र ग्रन्थ कुरआनमा भन्नु भएको छःو من يبتغ غير الإسلام دينا فلن يقبل منه وهو في الآخرة من الخاسرين))سورة آل عمران 85     )अर्थः  जो व्यक्ति इस्लामको अतिरिक्त कुनै अन्य धर्म खोज्छ भने उसको त्यो धर्म स्वीकार्य हुँदैन र त्यो व्यक्ति परलोकमा क्षतिग्रस्तहरु मध्ये हुनेछ। सूरह आले इम्रान, श्लोकः85)(إن الدين عند الله الإسلام  ) سورة آل عمران 3\9))      अर्थः निस्सन्देह अल्लाह निर (स्वीकार्य) धर्म इस्लाम नै हो। (सूरह आले इम्रान, श्लोकः19) अन्तिम ईश्दूत श्री मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) हिन्दू धर्मका ग्रन्थहरुमाश्री मुहम्मद सल्लाहु अलैहि व सल्लम अल्लाहको अन्तिम ईश्दूत हुनुहुन्थ्यो यो इस्लाम बाहेक अरु धर्महरुका धार्मिक पुस्तकहरुबाट पनि प्रमाणित हुन्छ जस्तो हिन्दू धर्मका पूराणहरुमा एउटा नबी कल्किक अवतारको अवतरित हुनुको बारेमा संकेत पाइन्छ र त्यसमा उनका केही विशेषताहरु पनि बयान गरिएका छन ती सबै विशेषताहरु श्री मुहम्मद सल्लाहु अलैहि व सल्लममा पूर्ण रूपमा पाइन्छन् उदाहरणको लागि केही विशेषताहरु प्रस्तुत छन्।(1)                                      भविष्य पूराणमा लेखिएको छ कि कल्कि अवतारको नाउँ सर्वअनमा हुने छ। सर्वअनमाको अर्थ होः जसको सब भन्दा बढी प्रशंसा गरियोस्। यहि अर्थ मुहम्मद (उहाँ माथि शान्ति होस्) को पनि हो, र केही श्लोकहरुमा उनको नाउँ महामद पनि आएको छ जुन मुहम्मद जस्तै देखिन्छ।(2)        उसको पिताको नाम विष्णु वैष हुने छ। (कल्कि पूराण अ.2 शलोक 11) श्री मुहम्मद सल्लाहु अलैहि व सल्लमको पिताको नाउँ अब्दुल्लाह थियो, अब्दुल्लाह र विष्णु वैशको अर्थ एउटै हो।(3)        उसको माताको नाउँ सोमती हुने छ। (भाग्वत पूराण अ.2, श्लोक 11) सोमतीको अर्थ अरबी भाषामा आमिना  हो जुन श्री मुहम्मद सल्लाहु अलैहि व सल्लमको माताको नाउँ हो।(4)                                            उसको जन्म शंबल ग्राममा हुने छ। (भागवत पुराण.2, श्लोक 18 र कल्कि अ.2 श्लोक 11) अरबको प्रसिद्ध नगर मक्क जहाँ श्री मुहम्मद सल्लाहु अलैहि व सल्लमको जन्म भएको थियो।त्यस नगरको एउटा नाउँ कुरआनमा अल बलदुल अमिन आएको छ। जसको अर्थ अमन र शान्तिको नगर हो, शंबल ग्रामको अर्थ पनि यस्तै हो। (मुहम्मद (सल्लहु अलैहि व सल्लम) हिन्दु पुस्तकहरुमा)।यस्तै अरु विशेषताहरु पनि भागवत पुराण, कल्कि पुराण र भविष्य पुराणहरुमा आएका छन् जुन श्री मुहम्मद सल्लाहु अलैहि व सल्लममा पूर्ण ररूपले पाइन्छन्, जसबाट यो कुरो स्पष्ट हुन्छ कि श्री मुहम्मद (सल्लहु अलैहि व सल्लम) नै अन्तिम ईश्दूत हुनु हुन्छ जसलाई अल्लाहले प्रलय सम्मका समस्त मानिसहरुको लागि पठाउनु भएको हो।यस पुस्तिकाको सारांश यो हो कि इस्लाम नै ईश्वरीय धर्म हो , जसको अर्थ हो अल्लाहलाई नै सम्पूर्णँ ब्राहमाण्डको पालनकर्ता, स्वामी, ईशवर,  र वास्तविक उपास्य मानेर उनैको आदेशहरु अनुसार जीवन व्यतीत गर्नु उनैको पूजा पाठ गर्नु।     र उनको पूजा पाठ आदिमा अरु कसैलाई सहभागी बनाउनुबाट बाँच्नु। र यसै तर्फ सम्पूर्ण ईश्दूत र संदेष्टाहरुले आ-आफ्ना समुदायहरुलाई आमन्त्रित गर्नु भएका थिए, र उनीहरुको धर्ममा जुन अन्तर थियो त्यो अल्लाहको पूजा पाठ र आराधना गरिने तौर, तरीका, नियम र विधिमा थियो , जुन उनको आ-आफ्ना समय र स्थानानुसार थियो।श्री मुहम्मद सल्लाहु अलैहि व सल्लम नै अल्लाहको अन्तिम नबी हुनुहुन्छ जसको शुभ सूचना केही धार्मिक ग्रन्थहरुमा पाइन्छ । र अन्तिम संदेष्टा भएकोले  उहाँको धर्म प्रलय सम्मको लागि र विश्वव्यापी हो, यसले गर्दा उनकै धर्म, नियम र विधिहरुकै अनुसारणबाट उनी पछि प्रलय सम्मका सम्पूर्ण मानिसहरुको लोक र परलोक दुवै जीवनमा सफलता र शान्तिको स्थापना हुन सक्छ। अन्तमा अल्लाह सित बिन्ति छ कि अल्लाह तआला हामीलाई इस्लाम धर्म बुझ्ने र स्वीकार गरिने साहस प्रदान गरि हामिलाई लोक परलोक दुवै ठाउँमा शान्ति, सफलता र मुक्ति प्रदान गरुन।आमीन।وصلى الله على نبينا محمد و على آله و صحبه أجمعين

المرفقات

2

ईश्वरीय घर्म
ईश्वरीय घर्म