البحث

عبارات مقترحة:

الجميل

كلمة (الجميل) في اللغة صفة على وزن (فعيل) من الجمال وهو الحُسن،...

القدوس

كلمة (قُدُّوس) في اللغة صيغة مبالغة من القداسة، ومعناها في...

الله

أسماء الله الحسنى وصفاته أصل الإيمان، وهي نوع من أنواع التوحيد...

الترجمة النيبالية

ترجمة معاني القرآن الكريم للغة النيبالية، ترجمة جمعية أهل الحديث المركزية - النيبال، نشرها مجمع الملك فهد لطباعة المصحف الشريف بالمدينة المنورة.

1- ﴿بِسْمِ اللَّهِ الرَّحْمَٰنِ الرَّحِيمِ الم﴾


१) अलिफ–लाम–मीम् ।

2- ﴿أَحَسِبَ النَّاسُ أَنْ يُتْرَكُوا أَنْ يَقُولُوا آمَنَّا وَهُمْ لَا يُفْتَنُونَ﴾


२) के मानिसहरूले यो ठानेका छन्, कि (मात्र) यो भन्नाले कि हामीले ईमान ल्यायौं, तिनीहरूको परीक्षा गरिने छैन ?

3- ﴿وَلَقَدْ فَتَنَّا الَّذِينَ مِنْ قَبْلِهِمْ ۖ فَلَيَعْلَمَنَّ اللَّهُ الَّذِينَ صَدَقُوا وَلَيَعْلَمَنَّ الْكَاذِبِينَ﴾


३) यिनीभन्दा पहिला गुज्रिसकेकाहरूको पनि हामीले परीक्षा लियौं । निश्चितरूपले अल्लाहले त उनीहरूको बारेमा पनि थाहा पाउनेछ, जो सत्य छन् र उनीहरूको पनि जानकारी राख्नेछ जो झूठा छन् ।

4- ﴿أَمْ حَسِبَ الَّذِينَ يَعْمَلُونَ السَّيِّئَاتِ أَنْ يَسْبِقُونَا ۚ سَاءَ مَا يَحْكُمُونَ﴾


४) के उनीहरू, जसले नराम्रो कर्म गर्दछन् यो ठान्दछन् कि यिनीहरू हाम्रा नियन्त्रणबाट बाहिर गइहाल्नेछन् । यिनीहरूले कस्तो नराम्रो ठानिराखेका छन् ।

5- ﴿مَنْ كَانَ يَرْجُو لِقَاءَ اللَّهِ فَإِنَّ أَجَلَ اللَّهِ لَآتٍ ۚ وَهُوَ السَّمِيعُ الْعَلِيمُ﴾


५) जुन व्यक्तिहरूले अल्लाहसँगको भेटको आशा गर्दछन्, त अल्लाहको निर्धारित समय (कियामत) त आउने नै छ । र ऊ सबै कुरा सुन्दछ, जान्दछ ।

6- ﴿وَمَنْ جَاهَدَ فَإِنَّمَا يُجَاهِدُ لِنَفْسِهِ ۚ إِنَّ اللَّهَ لَغَنِيٌّ عَنِ الْعَالَمِينَ﴾


६) र प्रयत्न गर्ने प्रत्येक व्यक्तिले आफ्नै भलोको निम्ति प्रयत्न गर्दछ । निश्चय नै अल्लाह सम्पूर्ण संसारबाट निस्पृह छ ।

7- ﴿وَالَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ لَنُكَفِّرَنَّ عَنْهُمْ سَيِّئَاتِهِمْ وَلَنَجْزِيَنَّهُمْ أَحْسَنَ الَّذِي كَانُوا يَعْمَلُونَ﴾


७) र जुन मानिसहरूले विश्वास गरे र उनीहरूले (सुन्नत अनुरूप) उत्तम कर्म गरे, हामीले उनीहरूबाट सबै पापहरू हटाइदिने छौं र उनीहरूलाई अवश्य नै उनका सत्कर्मको राम्रो पुरस्कार प्रदान गर्नेछौं ।

8- ﴿وَوَصَّيْنَا الْإِنْسَانَ بِوَالِدَيْهِ حُسْنًا ۖ وَإِنْ جَاهَدَاكَ لِتُشْرِكَ بِي مَا لَيْسَ لَكَ بِهِ عِلْمٌ فَلَا تُطِعْهُمَا ۚ إِلَيَّ مَرْجِعُكُمْ فَأُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُونَ﴾


८) र हामीले हरेक मानिसलाई आफ्ना आमा बाबुसँग राम्रो व्यवहार गर्न आदेश दिएका छौं । हो यदि तिनीहरूले यो चाहन्छन कि तपाईले मसँग अरुलाई मेरो साझेदार ठहराऊ, जसबारे तपाईलाई ज्ञान छैन, त उनीहरूको कुरा नमान । मतिर नै तिमी सबैलाई फर्केर आउनुछ । अनि मैले तिमीलाई त्यो सबै बताउने छु जुन तिमीले गर्ने गर्दथ्यौ ।

9- ﴿وَالَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ لَنُدْخِلَنَّهُمْ فِي الصَّالِحِينَ﴾


९) र जुन मानिसहरूले ईमान ल्याए र असल कर्म गरिरहे, उनीहरूलाई हामी आफ्ना असल सेवकहरूमा शम्मिलित गर्नेछौं ।

10- ﴿وَمِنَ النَّاسِ مَنْ يَقُولُ آمَنَّا بِاللَّهِ فَإِذَا أُوذِيَ فِي اللَّهِ جَعَلَ فِتْنَةَ النَّاسِ كَعَذَابِ اللَّهِ وَلَئِنْ جَاءَ نَصْرٌ مِنْ رَبِّكَ لَيَقُولُنَّ إِنَّا كُنَّا مَعَكُمْ ۚ أَوَلَيْسَ اللَّهُ بِأَعْلَمَ بِمَا فِي صُدُورِ الْعَالَمِينَ﴾


१०) र केही मानिसहरू यस्ता पनि छन् जसले मुखले भन्दछन्, कि हामीले अल्लाहमाथि आस्था राख्यौं । तर जब उनीहरूलाई अल्लाहको बाटोमा कुनै कष्ट पुग्दछ त मानिसहरूको कष्टलाई यस्तो ठान्दछन् जस्तो अल्लाहको सजाय होस् र यदि पालनकर्ताको तर्फबाट कुनै सहायता पुग्दछ त भन्दछन्, कि हामी त तिम्रा साथमा थियौं । के जुन कुरो संसारवालाहरूको छातीमा छ, अल्लाह त्यसलाई जान्दैन ?

11- ﴿وَلَيَعْلَمَنَّ اللَّهُ الَّذِينَ آمَنُوا وَلَيَعْلَمَنَّ الْمُنَافِقِينَ﴾


११) अल्लाहले उनीहरूलाई अवश्य जानिराख्छ जो सच्चा मोमिन छन् र कप्टीहरूलाई पनि जानिराख्छ ।

12- ﴿وَقَالَ الَّذِينَ كَفَرُوا لِلَّذِينَ آمَنُوا اتَّبِعُوا سَبِيلَنَا وَلْنَحْمِلْ خَطَايَاكُمْ وَمَا هُمْ بِحَامِلِينَ مِنْ خَطَايَاهُمْ مِنْ شَيْءٍ ۖ إِنَّهُمْ لَكَاذِبُونَ﴾


१२) काफिरहरू ईमानवालाहरूसित भन्दछन्ः कि तिमीहरू हाम्रा मार्गहरूमा हिंड, हामीले तिम्रा पापको भारी बोकिहाल्नेछौं । जबकि उनीहरू उनका पापहरूमध्ये केही पनि बोझ बोक्नेवाला छैनन् । यिनीहरू त मात्र झूठा हुन् ।

13- ﴿وَلَيَحْمِلُنَّ أَثْقَالَهُمْ وَأَثْقَالًا مَعَ أَثْقَالِهِمْ ۖ وَلَيُسْأَلُنَّ يَوْمَ الْقِيَامَةِ عَمَّا كَانُوا يَفْتَرُونَ﴾


१३) हो यिनीहरूले आफ्नो भारी बोक्नेछन् र आफ्नो बोझहरूको साथमा अन्य भारी पनि र जुन मनगढन्ते कुराहरू यिनीहरू रचिराखेका छन् कियामतको दिन त्यसको बारेमा उनीहरूसित अवश्य नै सोधपूछ हुनेछ ।

14- ﴿وَلَقَدْ أَرْسَلْنَا نُوحًا إِلَىٰ قَوْمِهِ فَلَبِثَ فِيهِمْ أَلْفَ سَنَةٍ إِلَّا خَمْسِينَ عَامًا فَأَخَذَهُمُ الطُّوفَانُ وَهُمْ ظَالِمُونَ﴾


१४) र हामीले ‘‘नूह(अलैहिस्सलाम)लाई’’ उनको कौमतिर पठायौं, र उनी नौ सय पचासवर्ष उनीहरूबीच बसे ! अनि उनीहरूलाई हुरीले समात्यो र उनीहरू अत्याचारी नै थिए ।

15- ﴿فَأَنْجَيْنَاهُ وَأَصْحَابَ السَّفِينَةِ وَجَعَلْنَاهَا آيَةً لِلْعَالَمِينَ﴾


१५) अनि हामीले ‘‘नूहलाई’’ र डुँगामा बस्नेवालाहरूलाई बचाइहाल्यौं र त्यस घटनालाई सम्पूर्ण संसारको निम्ति निशानी बनाइदियौं ।

16- ﴿وَإِبْرَاهِيمَ إِذْ قَالَ لِقَوْمِهِ اعْبُدُوا اللَّهَ وَاتَّقُوهُ ۖ ذَٰلِكُمْ خَيْرٌ لَكُمْ إِنْ كُنْتُمْ تَعْلَمُونَ﴾


१६) र इब्रहीम(अलैहिस्सलाम)ले पनि आफ्नो कौंमसित भने कि अल्लाहको उपासना गर र ऊसित डर । यो तिम्रो निम्ति राम्रो छ यदि तिमी बुद्धिमान छौ ।

17- ﴿إِنَّمَا تَعْبُدُونَ مِنْ دُونِ اللَّهِ أَوْثَانًا وَتَخْلُقُونَ إِفْكًا ۚ إِنَّ الَّذِينَ تَعْبُدُونَ مِنْ دُونِ اللَّهِ لَا يَمْلِكُونَ لَكُمْ رِزْقًا فَابْتَغُوا عِنْدَ اللَّهِ الرِّزْقَ وَاعْبُدُوهُ وَاشْكُرُوا لَهُ ۖ إِلَيْهِ تُرْجَعُونَ﴾


१७) तिमी त अल्लाहलाई छाडी मूर्तिहरूको पूजा गर्दछौ, र झूठा कुरा रच्दछौ र तिमीले अल्लाह बाहेक जसलाई पूज्दछौ, उनीहरूमा तिमीलाई जीविका दिने अधिकार छैन । अतः तिमीले अल्लाह कहाँबाट नै जीविका खोज र उसैको उपासना गर, र उसैको आभारी बन, र तिमीलाई उसैतिर फर्केर जानुछ ।

18- ﴿وَإِنْ تُكَذِّبُوا فَقَدْ كَذَّبَ أُمَمٌ مِنْ قَبْلِكُمْ ۖ وَمَا عَلَى الرَّسُولِ إِلَّا الْبَلَاغُ الْمُبِينُ﴾


१८) र यदि तिमीले मलाई झूठा ठान्दछौ, त तिमीभन्दा अघिका कैयन् समुदायले पनि झूठा भनिसकेका छन् । रसुलहरूमाथि मात्र स्पष्टरूपले (अल्लाहको संदेश) पुर्याइदिने जिम्मेवारी छ ।

19- ﴿أَوَلَمْ يَرَوْا كَيْفَ يُبْدِئُ اللَّهُ الْخَلْقَ ثُمَّ يُعِيدُهُ ۚ إِنَّ ذَٰلِكَ عَلَى اللَّهِ يَسِيرٌ﴾


१९) के उनीहरूले देखेनन्, कि अल्लाह कुन प्रकारले सृष्टिको आरम्भ गर्दछ ? फेरि उसको पुनरावृत्ति गर्नेछ ? निःसन्देह यो अल्लाहको निम्ति अत्यन्त सरल छ ।

20- ﴿قُلْ سِيرُوا فِي الْأَرْضِ فَانْظُرُوا كَيْفَ بَدَأَ الْخَلْقَ ۚ ثُمَّ اللَّهُ يُنْشِئُ النَّشْأَةَ الْآخِرَةَ ۚ إِنَّ اللَّهَ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ﴾


२०) भन्नुस् कि धरतीमा हिंडडुल गरेर हेर कि अल्लाहले कुन प्रकारले सृष्टिको आरम्भ गरेको छ । अनि अल्लाहले नै पछिको सृष्टि रच्नेछ र निश्चय नै अल्लाह हरेक कुरामाथि सामथ्र्यवान् छ ।

21- ﴿يُعَذِّبُ مَنْ يَشَاءُ وَيَرْحَمُ مَنْ يَشَاءُ ۖ وَإِلَيْهِ تُقْلَبُونَ﴾


२१) जसलाई चाहन्छ सजाय दिन्छ, र जसमाथि चाहन्छ कृपा गर्दछ । र उसैतिर सबैले फर्केर जानुछ ।

22- ﴿وَمَا أَنْتُمْ بِمُعْجِزِينَ فِي الْأَرْضِ وَلَا فِي السَّمَاءِ ۖ وَمَا لَكُمْ مِنْ دُونِ اللَّهِ مِنْ وَلِيٍّ وَلَا نَصِيرٍ﴾


२२) र तिमी न त धरतीमा अल्लाहलाई हैरान गर्न सक्छौ र न त आकाशमा, र अल्लाह बाहेक तिम्रो न कोही मित्र छ न कोही सहायक ।

23- ﴿وَالَّذِينَ كَفَرُوا بِآيَاتِ اللَّهِ وَلِقَائِهِ أُولَٰئِكَ يَئِسُوا مِنْ رَحْمَتِي وَأُولَٰئِكَ لَهُمْ عَذَابٌ أَلِيمٌ﴾


२३) र जुन मानिसहरूले अल्लाहका आयतहरू र उसँग हुने साक्षातकारलाई बिर्सन्छन्, उनी मेरो दयाबाट निराश भइहालुन् । र तिनै हुन्, जसको निम्ति दुःखद यातना छ ।

24- ﴿فَمَا كَانَ جَوَابَ قَوْمِهِ إِلَّا أَنْ قَالُوا اقْتُلُوهُ أَوْ حَرِّقُوهُ فَأَنْجَاهُ اللَّهُ مِنَ النَّارِ ۚ إِنَّ فِي ذَٰلِكَ لَآيَاتٍ لِقَوْمٍ يُؤْمِنُونَ﴾


२४) अनि उसको कौमको भनाई मात्र यो थियो कि यसलाई कत्ल (हत्या) गरिदेऔ वा जलाइहालौ, अन्ततः अल्लाहले उनीलाई आगोबाट बचाइहाल्यो यसमा ईमानवालहरूको लागि धेरै निशानीहरू छन् ।

25- ﴿وَقَالَ إِنَّمَا اتَّخَذْتُمْ مِنْ دُونِ اللَّهِ أَوْثَانًا مَوَدَّةَ بَيْنِكُمْ فِي الْحَيَاةِ الدُّنْيَا ۖ ثُمَّ يَوْمَ الْقِيَامَةِ يَكْفُرُ بَعْضُكُمْ بِبَعْضٍ وَيَلْعَنُ بَعْضُكُمْ بَعْضًا وَمَأْوَاكُمُ النَّارُ وَمَا لَكُمْ مِنْ نَاصِرِينَ﴾


२५) इब्राहीमले भने कि ‘‘अल्लाहबाट टाढिएर तिमीहरूले जुन मूर्तिहरूलाई मात्र सांसारिक जीवनको कारण पूजा गर्दछौ । कियामतको दिन तिमीहरू एकअर्काबाट इन्कार गर्नेछौ, र एकअर्कालाई धिक्कार्नेछौ, र तिमिहरू सबैको बासस्थान नर्क हुनेछ र तिम्रो कोही सहायता गर्नेवाला हुनेछैन ।

26- ﴿۞ فَآمَنَ لَهُ لُوطٌ ۘ وَقَالَ إِنِّي مُهَاجِرٌ إِلَىٰ رَبِّي ۖ إِنَّهُ هُوَ الْعَزِيزُ الْحَكِيمُ﴾


२६) अनि ‘‘लूतले’’ उनको (इब्राहीमको) कुरामा ईमान ल्याए, र भन्नथालेः कि म आफ्नो पालनकर्तातिर हिजरत गर्दछु । निःसन्देह ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।

27- ﴿وَوَهَبْنَا لَهُ إِسْحَاقَ وَيَعْقُوبَ وَجَعَلْنَا فِي ذُرِّيَّتِهِ النُّبُوَّةَ وَالْكِتَابَ وَآتَيْنَاهُ أَجْرَهُ فِي الدُّنْيَا ۖ وَإِنَّهُ فِي الْآخِرَةِ لَمِنَ الصَّالِحِينَ﴾


२७) र हामीले उनलाई (इब्राहीमलाई) ‘‘इस्हाक’’ र ‘‘यअ्कूब’’ प्रदान गर्यौं र हामीले उसको सन्ततिमै पैगम्बरी र किताबहरू प्रदान गर्यौं । र हामीले उनलाई संसारमा पनि राम्रो प्रतिफल प्रदान गर्यौं र उनी आखिÞरतमा पनि सत्कर्मीहरूमध्येका हुनेछन् ।

28- ﴿وَلُوطًا إِذْ قَالَ لِقَوْمِهِ إِنَّكُمْ لَتَأْتُونَ الْفَاحِشَةَ مَا سَبَقَكُمْ بِهَا مِنْ أَحَدٍ مِنَ الْعَالَمِينَ﴾


२८) र ‘‘लूत’’ (अलैहिस्सलाम) को पनि वर्णन गर जब उनले आफ्नो कौमसित भनेः कि तिमीले त्यस्तो व्यभिचार गर्दछौ, जुन तिमीभन्दा पहिला सम्पूर्ण संसारमा कसैले पनि गरेको थिएन ।

29- ﴿أَئِنَّكُمْ لَتَأْتُونَ الرِّجَالَ وَتَقْطَعُونَ السَّبِيلَ وَتَأْتُونَ فِي نَادِيكُمُ الْمُنْكَرَ ۖ فَمَا كَانَ جَوَابَ قَوْمِهِ إِلَّا أَنْ قَالُوا ائْتِنَا بِعَذَابِ اللَّهِ إِنْ كُنْتَ مِنَ الصَّادِقِينَ﴾


२९) के तिमी (आनन्द प्राप्तिको लागि) पुरुषहरूसँग व्यभिचार गर्दछौ र बाटोहरूलाई बन्द गर्दछौ, र आफ्नो आम सभाहरूमा दुष्कर्म गर्दछौ ? अनि उनको कौमका मानिसहरूको उत्तर यही थियो कि उनीहरूले भनेः कि यदि तिमी साँचो हौ भने हामीमाथि अल्लाहको यातना ल्याऊ ।

30- ﴿قَالَ رَبِّ انْصُرْنِي عَلَى الْقَوْمِ الْمُفْسِدِينَ﴾


३०) (लूतले) प्रार्थना गरे कि हे मेरो पालनकर्ता ! यी उपद्रवीहरूको मुकाबिलामा मेरो सहायता गर ।

31- ﴿وَلَمَّا جَاءَتْ رُسُلُنَا إِبْرَاهِيمَ بِالْبُشْرَىٰ قَالُوا إِنَّا مُهْلِكُو أَهْلِ هَٰذِهِ الْقَرْيَةِ ۖ إِنَّ أَهْلَهَا كَانُوا ظَالِمِينَ﴾


३१) र जब हाम्रा फरिश्ताहरू इब्राहीमको पासमा शुभसूचना लिएर आए, त उनीहरूले भन्नथालेः कि हामीले यस बस्तीका मानिसहरूलाई नष्ट गर्नेवाला छौं । निःसन्देह यहाँ बस्ने मानिसहरू अत्याचारी हुन् ।

32- ﴿قَالَ إِنَّ فِيهَا لُوطًا ۚ قَالُوا نَحْنُ أَعْلَمُ بِمَنْ فِيهَا ۖ لَنُنَجِّيَنَّهُ وَأَهْلَهُ إِلَّا امْرَأَتَهُ كَانَتْ مِنَ الْغَابِرِينَ﴾


३२) इब्राहीमले भने कि यसमा त लूत पनि छन् । उनीहरू भन्नथालेः ‘‘कि जुन मानिसहरू यहाँ बस्दछन्, हामीलाई सबै थाहा छ । हामीले उनलाई र उनका घरवालाहरूलाई बचाइराख्नेछौं, तर उनकी स्वास्नी बाहेक, किनभने त्यो स्त्रीपछि पर्नेहरूमध्येकी छे ।’’

33- ﴿وَلَمَّا أَنْ جَاءَتْ رُسُلُنَا لُوطًا سِيءَ بِهِمْ وَضَاقَ بِهِمْ ذَرْعًا وَقَالُوا لَا تَخَفْ وَلَا تَحْزَنْ ۖ إِنَّا مُنَجُّوكَ وَأَهْلَكَ إِلَّا امْرَأَتَكَ كَانَتْ مِنَ الْغَابِرِينَ﴾


३३) र जब हाम्रा फरिश्ताहरू ‘‘लूतको’’ नजिक आए, त, उनीहरूको कारणले उनी दुःखी भए र मनैमनमा चिन्तित भए । फरिश्ताहरूले भनेः तपाई ‘‘डर नमान्नुहोस् र दुःख पनि नमान्नुहोस् । हामी तपाईलाई र तपाईको घरवालाहरूलाई बचाइहाल्ने छौं, तर तपाईकी स्त्री सजायको लागि पछि पर्नेहरूमध्येकी हुनेछे ।’’

34- ﴿إِنَّا مُنْزِلُونَ عَلَىٰ أَهْلِ هَٰذِهِ الْقَرْيَةِ رِجْزًا مِنَ السَّمَاءِ بِمَا كَانُوا يَفْسُقُونَ﴾


३४) हामीले यस बस्तिका मानिसहरूमाथि आकाशबाट यातना अवतरित गर्नेछौं, यसकारण कि उनीहरू अनियन्त्रित भइरहेका छन् ।

35- ﴿وَلَقَدْ تَرَكْنَا مِنْهَا آيَةً بَيِّنَةً لِقَوْمٍ يَعْقِلُونَ﴾


३५) र हामीले त्यस बस्तीलाई एउटा खुल्ला निशानी ती मानिसहरूको निम्ति बनाइदिएका छौं, जो बुद्धिले काम लिन चाहन्छन् ।

36- ﴿وَإِلَىٰ مَدْيَنَ أَخَاهُمْ شُعَيْبًا فَقَالَ يَا قَوْمِ اعْبُدُوا اللَّهَ وَارْجُوا الْيَوْمَ الْآخِرَ وَلَا تَعْثَوْا فِي الْأَرْضِ مُفْسِدِينَ﴾


३६) र ‘‘मदयनतिर’’ उनको भाइ ‘‘शुऐबलाई’’ हामीले पठायौं उनले भने, ‘‘कि हे मेरो कौमका मानिस ! अल्लाहको उपासना गर र अन्तिम दिनको आशा राख र धरतीमा उत्पातको सिर्जना नगर्नेगर ।

37- ﴿فَكَذَّبُوهُ فَأَخَذَتْهُمُ الرَّجْفَةُ فَأَصْبَحُوا فِي دَارِهِمْ جَاثِمِينَ﴾


३७) तैपनि उनीहरूले उनलाई झूठा ठाने, अन्ततः उनलाई भूकम्पले आइसमात्यो र उनीहरू आ–आफ्नो घरहरूमा बस्दाबस्दै घोप्टो भइहाले ।

38- ﴿وَعَادًا وَثَمُودَ وَقَدْ تَبَيَّنَ لَكُمْ مِنْ مَسَاكِنِهِمْ ۖ وَزَيَّنَ لَهُمُ الشَّيْطَانُ أَعْمَالَهُمْ فَصَدَّهُمْ عَنِ السَّبِيلِ وَكَانُوا مُسْتَبْصِرِينَ﴾


३८) र हामीले ‘‘आद’’ र ‘‘समूदका मानिसहरूलाई’’ पनि नष्ट गरिहाल्यौं र उनीहरूको घरका अवशेषहरू तिम्रो आँखाका अगाडि़ छन् । शैतानले उनीहरूको कर्मलाई उनको निम्ति आकर्षक बनाएर देखाइदियो, र उनीहरूलाई सही बाटोबाट रोकिदियो, जबकि उनीहरू दृष्टिवाला र बुद्धिमान थिए ।

39- ﴿وَقَارُونَ وَفِرْعَوْنَ وَهَامَانَ ۖ وَلَقَدْ جَاءَهُمْ مُوسَىٰ بِالْبَيِّنَاتِ فَاسْتَكْبَرُوا فِي الْأَرْضِ وَمَا كَانُوا سَابِقِينَ﴾


३९) र ‘‘कारून’’ एवं पिÞmरऔन’’ र ‘‘हामानलाई’’ पनि (नष्ट गरिदियौं) र उनको पासमा ‘‘मूसाले’’ स्पष्ट चमत्कारहरू लिएर आएका थिए, तैपनि उनीहरू धरतीमा घमण्ड गर्नथाले, र उनीहरू (हाम्रो) नियन्त्रणबाट निस्कन सक्नेवाला थिएनन् ।

40- ﴿فَكُلًّا أَخَذْنَا بِذَنْبِهِ ۖ فَمِنْهُمْ مَنْ أَرْسَلْنَا عَلَيْهِ حَاصِبًا وَمِنْهُمْ مَنْ أَخَذَتْهُ الصَّيْحَةُ وَمِنْهُمْ مَنْ خَسَفْنَا بِهِ الْأَرْضَ وَمِنْهُمْ مَنْ أَغْرَقْنَا ۚ وَمَا كَانَ اللَّهُ لِيَظْلِمَهُمْ وَلَٰكِنْ كَانُوا أَنْفُسَهُمْ يَظْلِمُونَ﴾


४०) अन्ततः हामीले सबैलाई उनीहरूको अपराधको अधिकताको कारण समातिहाल्यौं, अनि उनीहरूमध्ये केही (कौमेआद) माथि हामीले ढुङ्गा बर्साउने वायु पठायौं, र केही यस्ता थिए (समूद) जसलाई भयङ्कर आवाजले आइसमात्यो र तीमध्ये केही (कारून) लाई हामीले धरतीमा पुरिदियौं र केही यस्ता थिए (फिरऔन) जसलाई हामीले डुबाइदियौं । अल्लाह यस्तो होइन कि उनीहरूमाथि अत्याचार गरोस्, किन्तु उनीहरूले आफू स्वयंमाथि नै अत्याचार गर्दथे ।

41- ﴿مَثَلُ الَّذِينَ اتَّخَذُوا مِنْ دُونِ اللَّهِ أَوْلِيَاءَ كَمَثَلِ الْعَنْكَبُوتِ اتَّخَذَتْ بَيْتًا ۖ وَإِنَّ أَوْهَنَ الْبُيُوتِ لَبَيْتُ الْعَنْكَبُوتِ ۖ لَوْ كَانُوا يَعْلَمُونَ﴾


४१) जुन मानिसहरूले अल्लाह बाहेक अरुलाई संरक्षक बनाएका छन्, उनको उदाहरण माकुराको जस्तो छ कि उसले पनि एउटा घर बनाउँछे र कुनै सन्देह छैन कि तमाम घरहरूमा कमजोर माकुराको घर हुन्छ । यिनीहरूले यो कुरा बुझ्ने भए कति राम्रो हुने थियो ।

42- ﴿إِنَّ اللَّهَ يَعْلَمُ مَا يَدْعُونَ مِنْ دُونِهِ مِنْ شَيْءٍ ۚ وَهُوَ الْعَزِيزُ الْحَكِيمُ﴾


४२) अल्लाहले ती सबैलाई जान्दछ जसलाई यिनीहरूले अल्लाह बाहेक पुकार्दछन् र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।

43- ﴿وَتِلْكَ الْأَمْثَالُ نَضْرِبُهَا لِلنَّاسِ ۖ وَمَا يَعْقِلُهَا إِلَّا الْعَالِمُونَ﴾


४३) यी दृष्टान्तहरू हामीले मानिसहरूलाई बुझ्नको निम्ति वर्णन गर्दछौं र यसलाई त मात्र ज्ञानवानले नै बुझ्दछन् ।

44- ﴿خَلَقَ اللَّهُ السَّمَاوَاتِ وَالْأَرْضَ بِالْحَقِّ ۚ إِنَّ فِي ذَٰلِكَ لَآيَةً لِلْمُؤْمِنِينَ﴾


४४) अल्लाहले आकाशहरू र धरतीलाई सत्यताको साथ सृष्टि गरेको छ । निश्चय नै यसमा ईमानवालाहरूको निम्ति ठुलो निशानी छ ।

45- ﴿اتْلُ مَا أُوحِيَ إِلَيْكَ مِنَ الْكِتَابِ وَأَقِمِ الصَّلَاةَ ۖ إِنَّ الصَّلَاةَ تَنْهَىٰ عَنِ الْفَحْشَاءِ وَالْمُنْكَرِ ۗ وَلَذِكْرُ اللَّهِ أَكْبَرُ ۗ وَاللَّهُ يَعْلَمُ مَا تَصْنَعُونَ﴾


४५) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) त्यस किताबलाई पढ्ने गर्नुस्, जुन तपाईंलाई ‘‘वह्य’’ द्वारा पठाइएको छ, र नमाज कायम गर्नुस् । निःसन्देह नमाजले अश्लीलता र नराम्रो कुराबाट रोक्दछ । र अवश्य अल्लाहको स्मरण गर्नु त अत्यन्त ठूलो कुरो हो । तिमी जे गर्दैछौ अल्लाह जान्दछ ।

46- ﴿۞ وَلَا تُجَادِلُوا أَهْلَ الْكِتَابِ إِلَّا بِالَّتِي هِيَ أَحْسَنُ إِلَّا الَّذِينَ ظَلَمُوا مِنْهُمْ ۖ وَقُولُوا آمَنَّا بِالَّذِي أُنْزِلَ إِلَيْنَا وَأُنْزِلَ إِلَيْكُمْ وَإِلَٰهُنَا وَإِلَٰهُكُمْ وَاحِدٌ وَنَحْنُ لَهُ مُسْلِمُونَ﴾


४६) र किताबवालाहरूसित उत्तम तरिका बाहेकले शास्त्रार्थ नगर, तर उनीहरूमध्ये जो अत्याचारी छन्, उनको कुरा अर्कै छ र स्पष्ट भनः ‘‘कि हामीले यस किताबमाथि ईमान ल्यायौं जुन हामीतिर अवतरित भयो र त्यसमाथि पनि जुन तिमीतिर अवतरित भयो । र हाम्रो तिम्रो पूज्य एउटै हो, र हामी सबै उसैको आज्ञाकारी हौं ।’’

47- ﴿وَكَذَٰلِكَ أَنْزَلْنَا إِلَيْكَ الْكِتَابَ ۚ فَالَّذِينَ آتَيْنَاهُمُ الْكِتَابَ يُؤْمِنُونَ بِهِ ۖ وَمِنْ هَٰؤُلَاءِ مَنْ يُؤْمِنُ بِهِ ۚ وَمَا يَجْحَدُ بِآيَاتِنَا إِلَّا الْكَافِرُونَ﴾


४७) र यसै प्रकार हामीले तपार्इंतिर किताब अवतरित गरेका छौं, त जसलाई हामीले किताब प्रदान गरेका छौं, उनीहरूले त्यसमाथि ईमान ल्याउँछन् र यिनीहरू (मुश्रिकहरू) मध्ये केहीले त्यसमाथि ईमान ल्याउँछन् र हाम्रा आयतहरूको इन्कार त काफिरहरूले मात्र गर्दछन् ।

48- ﴿وَمَا كُنْتَ تَتْلُو مِنْ قَبْلِهِ مِنْ كِتَابٍ وَلَا تَخُطُّهُ بِيَمِينِكَ ۖ إِذًا لَارْتَابَ الْمُبْطِلُونَ﴾


४८) यसभन्दा पहिला तपाईंले कुनै किताब पढ्नु भएको थिएन र नकुनै किताबलाई आफ्नो हातले लेख्नुहुन्थ्यो, जसबाट यी मिथ्यावादीहरू सन्देहमा पर्न सक्दथे ।

49- ﴿بَلْ هُوَ آيَاتٌ بَيِّنَاتٌ فِي صُدُورِ الَّذِينَ أُوتُوا الْعِلْمَ ۚ وَمَا يَجْحَدُ بِآيَاتِنَا إِلَّا الظَّالِمُونَ﴾


४९) बरु यो कुरआन त ती मानिसहरूको छातीमा विद्यमान स्पष्ट आयतहरू हुन् जसलाई ज्ञान प्रदान भएको छ । र हाम्रा आयतहरूको इन्कार त अत्याचारीहरूले मात्र गर्दछन् ।

50- ﴿وَقَالُوا لَوْلَا أُنْزِلَ عَلَيْهِ آيَاتٌ مِنْ رَبِّهِ ۖ قُلْ إِنَّمَا الْآيَاتُ عِنْدَ اللَّهِ وَإِنَّمَا أَنَا نَذِيرٌ مُبِينٌ﴾


५०) उनीहरूको भनाई छः कि उसमाथि उसको पालनकर्ताको तर्फबाट निशानीहरू किन अवतरित भएनन् ?’’ तपार्इं भनिदिनुस् कि ‘‘निशानीहरू त सबै अल्लाहकै पासमा छन् । र म त केवल स्पष्टरूपले सचेत गर्नेवाला हूँ ।’’

51- ﴿أَوَلَمْ يَكْفِهِمْ أَنَّا أَنْزَلْنَا عَلَيْكَ الْكِتَابَ يُتْلَىٰ عَلَيْهِمْ ۚ إِنَّ فِي ذَٰلِكَ لَرَحْمَةً وَذِكْرَىٰ لِقَوْمٍ يُؤْمِنُونَ﴾


५१) के उनीहरूको निम्ति यो पर्याप्त छैन ? कि हामीले तपाईंमाथि किताब अवतरित गर्यौं, जुन कि उनीहरूलाई पढेर सुनाइन्छ । यसमा ईमान ल्याएकाहरूको निम्ति दयालुता (पनि) छ र उपदेश (पनि) ।

52- ﴿قُلْ كَفَىٰ بِاللَّهِ بَيْنِي وَبَيْنَكُمْ شَهِيدًا ۖ يَعْلَمُ مَا فِي السَّمَاوَاتِ وَالْأَرْضِ ۗ وَالَّذِينَ آمَنُوا بِالْبَاطِلِ وَكَفَرُوا بِاللَّهِ أُولَٰئِكَ هُمُ الْخَاسِرُونَ﴾


५२) भनिदिनुस् ! कि मेरो र तिम्रो बीचमा अल्लाह साक्षी हुनु पर्याप्त छ । जे जति आकाश र धरतीमा छ उसले सबै जान्दछ । जसले असत्यमा विश्वास गरे र अल्लाहलाई इन्कार गरे, तिनीहरूले ठूलो नोक्सानी भोग्नेछन् ।

53- ﴿وَيَسْتَعْجِلُونَكَ بِالْعَذَابِ ۚ وَلَوْلَا أَجَلٌ مُسَمًّى لَجَاءَهُمُ الْعَذَابُ وَلَيَأْتِيَنَّهُمْ بَغْتَةً وَهُمْ لَا يَشْعُرُونَ﴾


५३) यिनीहरूले तपार्इंसित यातना (अल्लाहबाट दिइने अजाब) को लागि हतार गरिराखेका छन् । यदि मेरो तर्फबाट एउटा निश्चित समय निर्धारित नभइसकेको भए उनीहरूमाथि यातना पनि आइसक्ने थियो र त्यो कुनै समयमा एक्कासी उनीहरूमाथि अवश्य आएर नै छाड्नेछ ।

54- ﴿يَسْتَعْجِلُونَكَ بِالْعَذَابِ وَإِنَّ جَهَنَّمَ لَمُحِيطَةٌ بِالْكَافِرِينَ﴾


५४) यिनीहरूले सजायको लागि हतार गर्दैछन्, (धैर्यराखुन्) नर्कले त काफिरहरूलाई घेरिहाल्नेछ ।

55- ﴿يَوْمَ يَغْشَاهُمُ الْعَذَابُ مِنْ فَوْقِهِمْ وَمِنْ تَحْتِ أَرْجُلِهِمْ وَيَقُولُ ذُوقُوا مَا كُنْتُمْ تَعْمَلُونَ﴾


५५) त्यस दिन यातनाले उनीहरूलाई माथिदेखि तलसम्म छोपिराख्नेछ र अल्लाहको आदेश हुनेछ कि जुन (गलत) काम तिमीले गर्ने गर्दथ्यौ अब त्यसको स्वाद चाख ।

56- ﴿يَا عِبَادِيَ الَّذِينَ آمَنُوا إِنَّ أَرْضِي وَاسِعَةٌ فَإِيَّايَ فَاعْبُدُونِ﴾


५६) ‘‘हे मेरा ईमानवाला सेवकहरू, मेरो धरती धेरै विस्तृत छ, अतः मेरै उपासना गर ।

57- ﴿كُلُّ نَفْسٍ ذَائِقَةُ الْمَوْتِ ۖ ثُمَّ إِلَيْنَا تُرْجَعُونَ﴾


५७) प्रत्येक जीवले मृत्युको स्वाद चाख्नेवाला छ, अनि तिमी सबै हामीतिरै फर्काइनेछौ ।

58- ﴿وَالَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ لَنُبَوِّئَنَّهُمْ مِنَ الْجَنَّةِ غُرَفًا تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا ۚ نِعْمَ أَجْرُ الْعَامِلِينَ﴾


५८) र जसले ईमानल्याए र असल कर्म गरिरहे, उनीहरूलाई निश्चय नै हामीले बहिश्त (स्वर्ग) का अग्ला–अग्ला महलहरूमा ठाउँ प्रदान गर्नेछौं, जसमुनि नहरहरू बगिराखेका छन्, जहाँ सधैं तिनीहरू बस्नेछन् । असल कर्म गर्नेहरूलाई यो कति राम्रो बदला (प्रतिफल) हो ।

59- ﴿الَّذِينَ صَبَرُوا وَعَلَىٰ رَبِّهِمْ يَتَوَكَّلُونَ﴾


५९) ती जसले धैर्य गरेर आफ्नो पालनकर्तामाथि भरोसा गर्दछन् ।

60- ﴿وَكَأَيِّنْ مِنْ دَابَّةٍ لَا تَحْمِلُ رِزْقَهَا اللَّهُ يَرْزُقُهَا وَإِيَّاكُمْ ۚ وَهُوَ السَّمِيعُ الْعَلِيمُ﴾


६०) र धेरै जनावर यस्ता छन् जसले आफ्नो जीविका बोकी हिंडिराखेका हुदैनन् । अल्लाहले नै उनीहरूलाई जीविका प्रदान गर्दछ र तिमीलाई पनि । र ऊ सबैकुरा सुन्दछ, जान्दछ ।

61- ﴿وَلَئِنْ سَأَلْتَهُمْ مَنْ خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ وَسَخَّرَ الشَّمْسَ وَالْقَمَرَ لَيَقُولُنَّ اللَّهُ ۖ فَأَنَّىٰ يُؤْفَكُونَ﴾


६१) र यदि तपाईले उनीहरूसँग सोध्नुहुन्छ कि आकाशहरू र धरतीलाई कसले सृष्टि गर्यो र सूर्य र चन्द्रलाई कसले काममा लगायो ? त उनीहरूले भनिहाल्नेछन् ‘‘कि अल्लाहले !’’ अनि उनीहरू कता विमुख भई जाँदैछन् ?

62- ﴿اللَّهُ يَبْسُطُ الرِّزْقَ لِمَنْ يَشَاءُ مِنْ عِبَادِهِ وَيَقْدِرُ لَهُ ۚ إِنَّ اللَّهَ بِكُلِّ شَيْءٍ عَلِيمٌ﴾


६२) अल्लाहले आफ्ना भक्तहरूमध्ये जसको निम्ति चाहन्छ जीविका विस्तृत गरिदिन्छ र जसको लागि चाहन्छ संकुचित गरिदिन्छ । निःसन्देह अल्लाह प्रत्येक कुरा जान्दछ ।

63- ﴿وَلَئِنْ سَأَلْتَهُمْ مَنْ نَزَّلَ مِنَ السَّمَاءِ مَاءً فَأَحْيَا بِهِ الْأَرْضَ مِنْ بَعْدِ مَوْتِهَا لَيَقُولُنَّ اللَّهُ ۚ قُلِ الْحَمْدُ لِلَّهِ ۚ بَلْ أَكْثَرُهُمْ لَا يَعْقِلُونَ﴾


६३) र यदि तपार्इंले उनीहरूसित सोध्नुहुन्छ कि आकाशबाट पानी कसले बर्सायो, अनि त्यसबाट धरतीलाई मृत्यु पश्चात जीवित कसले गर्यो,? त निश्चय नै उनीहरूको जवाफ हुनेछ कि ‘‘अल्लाहले !’’ तपार्इं भन्नुस् कि सम्पूर्ण प्रशंसा अल्लाहकै लागि छ । किन्तु उनीहरूमध्ये अधिकतरले बुद्धिले काम लिदैनन् ।

64- ﴿وَمَا هَٰذِهِ الْحَيَاةُ الدُّنْيَا إِلَّا لَهْوٌ وَلَعِبٌ ۚ وَإِنَّ الدَّارَ الْآخِرَةَ لَهِيَ الْحَيَوَانُ ۚ لَوْ كَانُوا يَعْلَمُونَ﴾


६४) र यो सांसारिक जीवन त मात्र खेल तमाशा हो । निःसन्देह आखिरतको घरको जीवन नै वास्तविक जीवन हो । उनीहरूले यो बुझ्ने भए कति राम्रो हुने थियो ।

65- ﴿فَإِذَا رَكِبُوا فِي الْفُلْكِ دَعَوُا اللَّهَ مُخْلِصِينَ لَهُ الدِّينَ فَلَمَّا نَجَّاهُمْ إِلَى الْبَرِّ إِذَا هُمْ يُشْرِكُونَ﴾


६५) अनि जब यिनीहरू डुङ्गामा सवार हुन्छन् त अल्लाहलाई नै पुकार्दछन् विशुद्धरूपमा उसैको निम्ति पूजालाई खास गरी, र जब उसले तिनीहरूलाई बचाएर शुष्क भूमिमा पुर्याइदिन्छ तब तुरुन्तै (अल्लाहको) साझेदार ठहराउन थाल्छन् ।

66- ﴿لِيَكْفُرُوا بِمَا آتَيْنَاهُمْ وَلِيَتَمَتَّعُوا ۖ فَسَوْفَ يَعْلَمُونَ﴾


६६) ताकि हामीले उनीहरूलाई जे प्रदान गरेका छौं, त्यसप्रति कृतघ्नता देखाउदै फाइदा पनि लिदैगरुन् । अतः शीघ्र नै उनीहरूले जानिहाल्नेछन् ।

67- ﴿أَوَلَمْ يَرَوْا أَنَّا جَعَلْنَا حَرَمًا آمِنًا وَيُتَخَطَّفُ النَّاسُ مِنْ حَوْلِهِمْ ۚ أَفَبِالْبَاطِلِ يُؤْمِنُونَ وَبِنِعْمَةِ اللَّهِ يَكْفُرُونَ﴾


६७) के उनीहरू देखेनन्, कि हामीले हरम (मक्का)लाई शान्तिको ठाउँ बनाएका छौं, र मानिसहरू त्यसका वरिपरिबाट समातिहालिनेछन् । के यी मानिसहरूले असत्यमाथि त विश्वास गर्दछन् र अल्लाहको अनुकम्पाप्रति कृतघ्नता देखाउँछन् ?

68- ﴿وَمَنْ أَظْلَمُ مِمَّنِ افْتَرَىٰ عَلَى اللَّهِ كَذِبًا أَوْ كَذَّبَ بِالْحَقِّ لَمَّا جَاءَهُ ۚ أَلَيْسَ فِي جَهَنَّمَ مَثْوًى لِلْكَافِرِينَ﴾


६८) त्यो व्यक्तिभन्दा बढी अत्याचारी को होला ? जसले अल्लाहको बारेमा मनगढन्ते कुरा रच्दछ वा सत्यलाई झूठो भन्दछ, जबकि त्यो (सत्य) उसको पासमा आइसकेको हुन्छ ? के यस्ता काफिरहरूको बस्ने ठाउँ नर्क हुनेछैन ?

69- ﴿وَالَّذِينَ جَاهَدُوا فِينَا لَنَهْدِيَنَّهُمْ سُبُلَنَا ۚ وَإِنَّ اللَّهَ لَمَعَ الْمُحْسِنِينَ﴾


६९) र जुन मानिसहरूले हाम्रो बाटोमा कष्ट सहन्छन्, हामीले, उनीहरूलाई अवश्य आफ्ना मार्गहरू देखाउनेछौं र निश्चय नै अल्लाह त सुकर्मीहरूको साथी हो ।

الترجمات والتفاسير لهذه السورة: