البحث

عبارات مقترحة:

الجميل

كلمة (الجميل) في اللغة صفة على وزن (فعيل) من الجمال وهو الحُسن،...

القريب

كلمة (قريب) في اللغة صفة مشبهة على وزن (فاعل) من القرب، وهو خلاف...

الودود

كلمة (الودود) في اللغة صيغة مبالغة على وزن (فَعول) من الودّ وهو...

الترجمة النيبالية

ترجمة معاني القرآن الكريم للغة النيبالية، ترجمة جمعية أهل الحديث المركزية - النيبال، نشرها مجمع الملك فهد لطباعة المصحف الشريف بالمدينة المنورة.

1- ﴿بِسْمِ اللَّهِ الرَّحْمَٰنِ الرَّحِيمِ وَالذَّارِيَاتِ ذَرْوًا﴾


१) कसम छ उडाएर छरिदिने (वायु) को ।

2- ﴿فَالْحَامِلَاتِ وِقْرًا﴾


२) अनि भारी उचाल्नेहरूको ।

3- ﴿فَالْجَارِيَاتِ يُسْرًا﴾


३) फेरि विस्तारै चल्नेहरूको ।

4- ﴿فَالْمُقَسِّمَاتِ أَمْرًا﴾


४) अनि कामहरूलाई वितरित गर्नेहरूको ।

5- ﴿إِنَّمَا تُوعَدُونَ لَصَادِقٌ﴾


५) विश्वास गर जसको कि तिमीलाई वचन दिइन्छ, त्यो साँचो छ ।

6- ﴿وَإِنَّ الدِّينَ لَوَاقِعٌ﴾


६) र अवश्य न्याय इन्साफ हुनेछ ।

7- ﴿وَالسَّمَاءِ ذَاتِ الْحُبُكِ﴾


७) त्यस आकाशको शपथ जसमा विभिन्न मार्गहरू छन् ।

8- ﴿إِنَّكُمْ لَفِي قَوْلٍ مُخْتَلِفٍ﴾


८) (हे मक्कावालाहरू !) तिमी निश्चितरूपले एउटा विवादको कुरामा परेका छौ ।

9- ﴿يُؤْفَكُ عَنْهُ مَنْ أُفِكَ﴾


९) यसबाट त्यही विमुख हुन्छ, जो अल्लाहको तर्फबाट विमुख हुन्छ ।

10- ﴿قُتِلَ الْخَرَّاصُونَ﴾


१०) अट्कलबाजी गर्नेहरू नष्ट गरिए ।

11- ﴿الَّذِينَ هُمْ فِي غَمْرَةٍ سَاهُونَ﴾


११) जो भ्रममा छन् र बिर्सेका छन् ।

12- ﴿يَسْأَلُونَ أَيَّانَ يَوْمُ الدِّينِ﴾


१२) सोध्छन् कि प्रतिफलको दिन कहिल्ये आउनेछ ?

13- ﴿يَوْمَ هُمْ عَلَى النَّارِ يُفْتَنُونَ﴾


१३) हो, यो त्यो दिन हो (जब) उनलाई आगोमा तताइनेछ ।

14- ﴿ذُوقُوا فِتْنَتَكُمْ هَٰذَا الَّذِي كُنْتُمْ بِهِ تَسْتَعْجِلُونَ﴾


१४) अब आफ्नो उपद्रवको स्वाद चाख । यो त्यही हो, जसको निम्ति तिमीले हतार गर्ने गर्दथ्यौ ।

15- ﴿إِنَّ الْمُتَّقِينَ فِي جَنَّاتٍ وَعُيُونٍ﴾


१५) निश्चय नै संयमीहरू स्वर्गका बगैंचाहरूमा हुनेछन् ।

16- ﴿آخِذِينَ مَا آتَاهُمْ رَبُّهُمْ ۚ إِنَّهُمْ كَانُوا قَبْلَ ذَٰلِكَ مُحْسِنِينَ﴾


१६) र जुन जुन कुराहरू उनको पालनकर्ताले दिइराखेको हुन्छ उनीले लिइराखेका हुनेछन् । निश्चय नै उनीहरू त यसभन्दा पहिला नै असल कार्य गर्नेहरू थिए ।

17- ﴿كَانُوا قَلِيلًا مِنَ اللَّيْلِ مَا يَهْجَعُونَ﴾


१७) उनीहरू रातको थोरै भागमा सुत्ने गर्दथे ।

18- ﴿وَبِالْأَسْحَارِ هُمْ يَسْتَغْفِرُونَ﴾


१८) र रातको अन्तिम पहर (भोर)मा क्षमा प्रार्थना गर्नेगर्दथे ।

19- ﴿وَفِي أَمْوَالِهِمْ حَقٌّ لِلسَّائِلِ وَالْمَحْرُومِ﴾


१९) र उनको सम्पत्तिमा माँग्नेवाला र निर्धनहरूको हक थियो ।

20- ﴿وَفِي الْأَرْضِ آيَاتٌ لِلْمُوقِنِينَ﴾


२०) र ईमान राख्नेवालाहरूको निम्ति धरतीमा धेरै निशानीहरू छन् ।

21- ﴿وَفِي أَنْفُسِكُمْ ۚ أَفَلَا تُبْصِرُونَ﴾


२१) र स्वयं तिम्रो व्यक्तित्वमा पनि, त के तिमीले देख्दैनौ ?

22- ﴿وَفِي السَّمَاءِ رِزْقُكُمْ وَمَا تُوعَدُونَ﴾


२२) र तिम्रो रोजी र जुन कुराको तिमीलाई वचन दिइएको छ सबै आकाशमा छ ।

23- ﴿فَوَرَبِّ السَّمَاءِ وَالْأَرْضِ إِنَّهُ لَحَقٌّ مِثْلَ مَا أَنَّكُمْ تَنْطِقُونَ﴾


२३) तसर्थ आकाशहरू र धरतीको स्वामीको कसम त्यो विश्वास योग्य छ त्यसतै जुन प्रकारले तिमी कुरा गर्दछौ ।

24- ﴿هَلْ أَتَاكَ حَدِيثُ ضَيْفِ إِبْرَاهِيمَ الْمُكْرَمِينَ﴾


२४) के इब्राहीमका प्रतिष्ठित अतिथिहरूको वृत्तान्त पनि तिमीछेउ पुगेको छ ।

25- ﴿إِذْ دَخَلُوا عَلَيْهِ فَقَالُوا سَلَامًا ۖ قَالَ سَلَامٌ قَوْمٌ مُنْكَرُونَ﴾


२५) जब उनीहरू उनको पासमा आए तब भनेः ‘‘सलाम छ तिमीमाथि’’ उनले पनि भने ‘‘सलाम छ तपाईहरूलाई पनि’’ । (देखेपछि) मनमा भने (यी त) अपरिचित मानिसहरू हुन् ।

26- ﴿فَرَاغَ إِلَىٰ أَهْلِهِ فَجَاءَ بِعِجْلٍ سَمِينٍ﴾


२६) तब आफ्नो घर गई एउटा (पोलिएको) मोटो बाछो(को मासु) ल्याए ।

27- ﴿فَقَرَّبَهُ إِلَيْهِمْ قَالَ أَلَا تَأْكُلُونَ﴾


२७) र (खानाको निम्ति) उनीहरूको अगाडि राखिदिए । र भन्न थाले कि तपाईहरू किन खानुहुन्न ?

28- ﴿فَأَوْجَسَ مِنْهُمْ خِيفَةً ۖ قَالُوا لَا تَخَفْ ۖ وَبَشَّرُوهُ بِغُلَامٍ عَلِيمٍ﴾


२८) अनि उनले मनैमनमा उनीहरूसित डर महसूस गरे । उनीहरूले भने कि डर नमान्नुस् र उनलाई (इब्राहीमलाई) एउटा ज्ञानवान केटोको मंगलसूचना दिए ।

29- ﴿فَأَقْبَلَتِ امْرَأَتُهُ فِي صَرَّةٍ فَصَكَّتْ وَجْهَهَا وَقَالَتْ عَجُوزٌ عَقِيمٌ﴾


२९) अनि उनकी स्वास्नी आश्चार्यचकित भई अगाडि बढिन् र आफ्नो निधारमा पिट्दै भनिन् कि म त एक बूढी र बाँझ हूँ ?

30- ﴿قَالُوا كَذَٰلِكِ قَالَ رَبُّكِ ۖ إِنَّهُ هُوَ الْحَكِيمُ الْعَلِيمُ﴾


३०) उनीहरूले भने हो यस्तै नै तिम्रो पालनकर्ताको आदेश छ । निःसंदेह ऊ बडो तत्वदर्शी र ज्ञानवान छ ।

31- ﴿۞ قَالَ فَمَا خَطْبُكُمْ أَيُّهَا الْمُرْسَلُونَ﴾


३१) (इब्राहीमले) भनेः कि ‘‘हे अल्लाहका दूत तिम्रो अभिप्राय के हो ?’’

32- ﴿قَالُوا إِنَّا أُرْسِلْنَا إِلَىٰ قَوْمٍ مُجْرِمِينَ﴾


३२) उनीहरूले भनेः कि ‘‘हामीहरू अपराधी समूहतर्फ पठाइएका हौं ।

33- ﴿لِنُرْسِلَ عَلَيْهِمْ حِجَارَةً مِنْ طِينٍ﴾


३३) ताकि उनीहरूमाथि कंकडी बर्साऔं ।

34- ﴿مُسَوَّمَةً عِنْدَ رَبِّكَ لِلْمُسْرِفِينَ﴾


३४) जो तपाईको पालनकर्ताको तर्फबाट निशान लगाइएका छन् ती सीमाको अतिक्रमणकारीको लागि ।’’

35- ﴿فَأَخْرَجْنَا مَنْ كَانَ فِيهَا مِنَ الْمُؤْمِنِينَ﴾


३५) अनि त्यहाँ जति ईमानवालाहरू थिए उनीहरूलाई, हामीले निकालिहाल्यौं ।

36- ﴿فَمَا وَجَدْنَا فِيهَا غَيْرَ بَيْتٍ مِنَ الْمُسْلِمِينَ﴾


३६) र हामीले त्यहाँ मुसलमानको एउटा घर मात्र भेट्टायौं ।

37- ﴿وَتَرَكْنَا فِيهَا آيَةً لِلَّذِينَ يَخَافُونَ الْعَذَابَ الْأَلِيمَ﴾


३७) र जुन मानिसहरू दुःखद् यातनासित डराउँदछन्, उनीहरूको निम्ति त्यहाँ निशानी छोडिदियौं ।

38- ﴿وَفِي مُوسَىٰ إِذْ أَرْسَلْنَاهُ إِلَىٰ فِرْعَوْنَ بِسُلْطَانٍ مُبِينٍ﴾


३८) र ‘‘मूसा(अलैहिस्सलाम)’’ (को वृतान्त) मा पनि (निशानी छ) जब कि हामीले उनलाई फिरऔनतिर स्पष्ट प्रमाणकासाथ पठायौं ।

39- ﴿فَتَوَلَّىٰ بِرُكْنِهِ وَقَالَ سَاحِرٌ أَوْ مَجْنُونٌ﴾


३९) तब त्यसले आफ्नो शक्ति (घमण्ड) ले विमुख भइहाल्यो र भन्न थाल्यो, यो त जादूगर हो वा दिवाना,

40- ﴿فَأَخَذْنَاهُ وَجُنُودَهُ فَنَبَذْنَاهُمْ فِي الْيَمِّ وَهُوَ مُلِيمٌ﴾


४०) तब हामीले उसलाई र उसका लावालस्करलाई समातिहाल्यौं र उनीहरूलाई समुन्द्रमा फ्याकिहाल्यौं र त्यसको काम नै निन्दनीय थियो ।

41- ﴿وَفِي عَادٍ إِذْ أَرْسَلْنَا عَلَيْهِمُ الرِّيحَ الْعَقِيمَ﴾


४१) यस्तै ‘‘आद’’ (को वृतान्त) मा पनि (निशानी छ), जब हामीले उनीहरूमाथि अशुभ वायु चलायौं ।

42- ﴿مَا تَذَرُ مِنْ شَيْءٍ أَتَتْ عَلَيْهِ إِلَّا جَعَلَتْهُ كَالرَّمِيمِ﴾


४२) त्यो जुन जुन कुरामाथि चल्यो, त्यसलाई जिर्णशिर्ण हाड जस्तो चूरा–चूरा गरेर छाडिदियो ।

43- ﴿وَفِي ثَمُودَ إِذْ قِيلَ لَهُمْ تَمَتَّعُوا حَتَّىٰ حِينٍ﴾


४३) र ‘‘समूद’’ (को वृतान्त) मा पनि (निशानी छ) जब उनीसित भनियो कि एक समयसम्म फाइदा उठाइहाल ।

44- ﴿فَعَتَوْا عَنْ أَمْرِ رَبِّهِمْ فَأَخَذَتْهُمُ الصَّاعِقَةُ وَهُمْ يَنْظُرُونَ﴾


४४) तर उनीहरूले आफ्नो पालनकर्ताको आदेशको उल्लंघन गरे, अनि हेर्दाहेर्दै उनीहरूलाई कडक चट्याङ्गले समाप्त गरिदियो ।

45- ﴿فَمَا اسْتَطَاعُوا مِنْ قِيَامٍ وَمَا كَانُوا مُنْتَصِرِينَ﴾


४५) अनि उनीहरू नउठ्न सके र नत बदला लिन सके ।

46- ﴿وَقَوْمَ نُوحٍ مِنْ قَبْلُ ۖ إِنَّهُمْ كَانُوا قَوْمًا فَاسِقِينَ﴾


४६) र यसभन्दा पहिला (हामीले) ‘‘नूह(अलैहिस्सलाम)को’’ जातिबन्धुलाई पनि (समाप्त गरिसकेका थियौं) निश्चय नै उनीहरू ठूलो अवज्ञाकारी थिए ।

47- ﴿وَالسَّمَاءَ بَنَيْنَاهَا بِأَيْدٍ وَإِنَّا لَمُوسِعُونَ﴾


४७) र आकाशलाई हामीले आफ्नो शक्तिद्वारा बनायौं र निश्चितरूपले हामीमा ठूलो सामथ्र्य छ ।

48- ﴿وَالْأَرْضَ فَرَشْنَاهَا فَنِعْمَ الْمَاهِدُونَ﴾


४८) र धरतीलाई हामीले भूईं बनायौं तसर्थ (हेर) हामीले कति राम्ररी बनायौं ।

49- ﴿وَمِنْ كُلِّ شَيْءٍ خَلَقْنَا زَوْجَيْنِ لَعَلَّكُمْ تَذَكَّرُونَ﴾


४९) र हामीले प्रत्येक कुराको जोडा बनायौं ताकि तिमीले उपदेश ग्रहण गर ।

50- ﴿فَفِرُّوا إِلَى اللَّهِ ۖ إِنِّي لَكُمْ مِنْهُ نَذِيرٌ مُبِينٌ﴾


५०) अतः तिमी अल्लाहतिर छिटै लाग । निश्चयनै म उसको तर्फबाट तिम्रो निम्ति एउटा प्रत्यक्ष सावधान गर्नेवाला हूँ ।

51- ﴿وَلَا تَجْعَلُوا مَعَ اللَّهِ إِلَٰهًا آخَرَ ۖ إِنِّي لَكُمْ مِنْهُ نَذِيرٌ مُبِينٌ﴾


५१) र अल्लाहको साथ अन्य कसैलाई पूज्य नबनाऊ । म उसको तर्फबाट तिम्रो निम्ति एउटा प्रत्यक्ष डर देखाउनेवाला हूँ ।

52- ﴿كَذَٰلِكَ مَا أَتَى الَّذِينَ مِنْ قَبْلِهِمْ مِنْ رَسُولٍ إِلَّا قَالُوا سَاحِرٌ أَوْ مَجْنُونٌ﴾


५२) यस्तै यिनीहरूभन्दा पहिलेका मानिसहरूको पासमा जुन पैगम्बर आउँथ्यो उनीहरूले उनलाई जादूगर वा दीवाना भन्दथे ।

53- ﴿أَتَوَاصَوْا بِهِ ۚ بَلْ هُمْ قَوْمٌ طَاغُونَ﴾


५३) के यिनीहरूले एकअर्कालाई यस कुराको निम्ति इच्छाउँदै (उपदेश दिदै) गएका छन् ? (होइन) बरु यिनीहरू सबै अवज्ञाकारी हुन् ।

54- ﴿فَتَوَلَّ عَنْهُمْ فَمَا أَنْتَ بِمَلُومٍ﴾


५४) तपाईले यिनीहरूबाट पन्छिनुस् । तपाईलाई दोषारोपण हुनेछैन ।

55- ﴿وَذَكِّرْ فَإِنَّ الذِّكْرَىٰ تَنْفَعُ الْمُؤْمِنِينَ﴾


५५) र उपदेश गर्दैगर्नुस् किनकि उपदेशले मोमिनहरूलाई लाभ पुर्याउँछ ।

56- ﴿وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنْسَ إِلَّا لِيَعْبُدُونِ﴾


५६) मैले जिन्न र मानिसहरूलाई यसकारण मात्र सृष्टि गरेको छु ताकि मेरो उपासना गरुन् ।

57- ﴿مَا أُرِيدُ مِنْهُمْ مِنْ رِزْقٍ وَمَا أُرِيدُ أَنْ يُطْعِمُونِ﴾


५७) म उनीहरूबाट जीविका चाहन्न र न यो चाहन्छु कि मलाई खुवाउन् ।

58- ﴿إِنَّ اللَّهَ هُوَ الرَّزَّاقُ ذُو الْقُوَّةِ الْمَتِينُ﴾


५८) अल्लाह आफै जीविका प्रदान गर्नेवाला शक्तिशाली, दृढ छ ।

59- ﴿فَإِنَّ لِلَّذِينَ ظَلَمُوا ذَنُوبًا مِثْلَ ذَنُوبِ أَصْحَابِهِمْ فَلَا يَسْتَعْجِلُونِ﴾


५९) अतः जसले अत्याचार गरेका छन् उनीहरूको निम्ति पनि सजायको भाग निर्धारित छ, जुन प्रकार उनीहरूका साथीहरूको निम्ति निर्धारित थियो । अतः उनीहरू मसित हतार नगरुन् ।

60- ﴿فَوَيْلٌ لِلَّذِينَ كَفَرُوا مِنْ يَوْمِهِمُ الَّذِي يُوعَدُونَ﴾


६०) जुन दिनको यी काफिरहरूसित वाचा गरिन्छ, त्यसबाट उनको निम्ति खराबी छ ।

الترجمات والتفاسير لهذه السورة: